श्रीलंका आक्रमणमा ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो « Khabarhub

श्रीलंका आक्रमणमा ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार श्रीलंकाको राजधानी कोलम्बो, पूर्वी शहर बाटिकाओला तथा कोलम्बोबाट उत्तरमा रहेको नेगोम्बो शहरमा इष्टर सन्डेका दिन इसाई धर्मावलम्बीलाई लक्षित गरी विभिन्न होटेल तथा गिर्जाघरमा आतंकवादी संगठन इस्लामिक स्टेटले गराएका आत्मघाती बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५९ पुगेको छ ।

श्रीलंका प्रहरीका प्रवक्ता रुवान गुनसेकराले श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणमा मारिनेको सङ्ख्या ३ सय ५९ पुगेको जनाएका हुन् । यद्यपि उनले कुन शहरमा कति जनाको हताहती भयो भन्नेबारे भने केही खुलाएनन् । उनले आक्रमणमा करिब ५ सय जना घाइते भएको जनाएका छन् ।

यसअघि अधिकारीले आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय २१ रहेको जनाएका थिए ।

मंगलबार बेलुकी आतंकवादी संगठन इस्लामिक स्टेटले आक्रमणको जिम्मा लिएसँगै इस्लामिक स्टेटले इराक र सिरियाबाहिर गराएको यो सबैभन्दा घातक आक्रमण बनेको छ । यसअघि सन् २०१५ मा इजिप्टको सिनाई प्रायद्विपमा इजिप्टको शर्म अल शेख शहरबाट रुसको सेन्ट पिटर्सबर्ग शहरका लागि उडेको विमानभित्र बम विष्फोट गराई खसालेको घटना इस्लामिक स्टेटले जिम्मा लिएको सबैभन्दा घातक आक्रमण थियो । त्यस आक्रमणमा २ सय २४ जनाको ज्यान गएको थियो ।

यसैबीच प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा थप १८ जनालाई पक्राउ गरेको जनाएको छ । यसअघि प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा २४ जनालाई पक्राउ गरेको जनाएको थियो । आक्रमणपछि प्रहरीले मुलुकका विभिन्न स्थानमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । आक्रमणसँगै प्रहरीले छापा मार्ने अभियानलाई तीब्र पारिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार