श्रीलंका आक्रमणमा ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो « Khabarhub

श्रीलंका आक्रमणमा ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार श्रीलंकाको राजधानी कोलम्बो, पूर्वी शहर बाटिकाओला तथा कोलम्बोबाट उत्तरमा रहेको नेगोम्बो शहरमा इष्टर सन्डेका दिन इसाई धर्मावलम्बीलाई लक्षित गरी विभिन्न होटेल तथा गिर्जाघरमा आतंकवादी संगठन इस्लामिक स्टेटले गराएका आत्मघाती बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५९ पुगेको छ ।

श्रीलंका प्रहरीका प्रवक्ता रुवान गुनसेकराले श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणमा मारिनेको सङ्ख्या ३ सय ५९ पुगेको जनाएका हुन् । यद्यपि उनले कुन शहरमा कति जनाको हताहती भयो भन्नेबारे भने केही खुलाएनन् । उनले आक्रमणमा करिब ५ सय जना घाइते भएको जनाएका छन् ।

यसअघि अधिकारीले आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय २१ रहेको जनाएका थिए ।

मंगलबार बेलुकी आतंकवादी संगठन इस्लामिक स्टेटले आक्रमणको जिम्मा लिएसँगै इस्लामिक स्टेटले इराक र सिरियाबाहिर गराएको यो सबैभन्दा घातक आक्रमण बनेको छ । यसअघि सन् २०१५ मा इजिप्टको सिनाई प्रायद्विपमा इजिप्टको शर्म अल शेख शहरबाट रुसको सेन्ट पिटर्सबर्ग शहरका लागि उडेको विमानभित्र बम विष्फोट गराई खसालेको घटना इस्लामिक स्टेटले जिम्मा लिएको सबैभन्दा घातक आक्रमण थियो । त्यस आक्रमणमा २ सय २४ जनाको ज्यान गएको थियो ।

यसैबीच प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा थप १८ जनालाई पक्राउ गरेको जनाएको छ । यसअघि प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा २४ जनालाई पक्राउ गरेको जनाएको थियो । आक्रमणपछि प्रहरीले मुलुकका विभिन्न स्थानमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । आक्रमणसँगै प्रहरीले छापा मार्ने अभियानलाई तीब्र पारिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १ : १४ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे