ट्र्याक्टर दुर्घटनामा कामदारको मृत्यु « Khabarhub

ट्र्याक्टर दुर्घटनामा कामदारको मृत्यु


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी १ जना कामदारको बुधबार घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताए । सोही दुर्घटनामा परी चालकसहित ४ जनासमेत घाइते भएका छन् ।

उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन भने ट्र्याक्टर सडकको छेउमा पल्टेको छ । फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा तत्काल नम्बर नखुलेको औनटेस्ट ट्र्याक्टर अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित सितापुरमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  २ : ४३ बजे

दार्चुलामा नरसिंह विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- दार्चुलाको व्यास गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको

सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन : ऊर्जामन्त्री भुसाल

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सुकुम्बासीमाथि बल प्रयोग

बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका

राष्ट्र बैंकको व्यवस्थाले वित्तीय स्थायित्व कायम हुन सक्दैन : चेम्बर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले

कर्णाली प्रदेशसभामा पुराना चार जना सदस्य दोहोरिए

काठमाडौँ- कर्णाली प्रदेशसभामा चार जना पुराना सदस्यले जित हासिल गरेका