प्रदेश नं ३ प्रदेशसभा बैठक आह्वान « Khabarhub

प्रदेश नं ३ प्रदेशसभा बैठक आह्वान


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गरेकाी छिन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उनले सो आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो ।

कार्यवाहक मुख्यमन्त्रीमा जम्कट्टेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण टोलीमा आज चीनतर्फ प्रस्थान गरेपछि उनले सम्हाली आएको मुख्यमन्त्री र भौतिक योजना तथा पूर्वाधारमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्कट्टेललाई तोक्न प्रदेश प्रमुखलाई सिफारिस गरी पठाएकोले आजैदेखि प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्त्री जम्कट्टेललाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको उनको सचिवालयले जनाएको छ ।

यसैगरी, उद्योग, पर्यटन वन तथा वातावरणको तर्फबाट प्रदेश नं ३ को प्रदेशसभा सचिवालयमा प्रदेशमा जलचरको संरक्षण गर्न बनेको विधेयक २०७६ लाई आज दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ३ : २७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन