काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ सचिव रामप्रसाद थपलियाले आज (बुधबार) पदबहाली गरेका छन् । थपलियालाई वैशाख २ गतेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेशबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णयपछि थपलियाले सरुवाको पत्र लिएर बुधबार स्वास्थ्य मन्त्रालयमा पदबाहाली गरेका हुन् ।
नवनियुक्त सचिव थपलियालाई मन्त्रालयकी स्वास्थ्यतर्फकी सचिव पुष्पा चौरी, महाशखा प्रमुख लगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।
मन्त्रालयले गरेको स्वागत कार्यक्रममा सचिव थपलियाले स्वास्थ्य क्षेत्रको उपलब्धि हाँसिल गर्न सबै मिलेर काम गर्नुपर्ने बताए ।
यसअघि स्वास्थ्य मन्त्रालयमा प्रशासन तथा जनसंख्यातर्फको जिम्मेवारी सम्हालेका सचिव चन्द्रकुमार घिमिरेलाई मन्त्रिपरिषद्ले महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालय सरुवा गरेपछि सो ठाउँमा थपलिया नियुक्त भएका हुन् ।
प्रतिक्रिया