विक्रमले गुमाउँदै पीएम कप « Khabarhub

विक्रमले गुमाउँदै पीएम कप


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभागीय क्लब नेपाली सेनाको त्रिभुवन आर्मीका तीव्र गतिका बलर विक्रम सोवले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान घाइते भएका उनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिर बस्नु परेको हो । प्रदेश नम्बर २ को खेलमा ‘साइड स्ट्रेन’ भएपछि विक्रमले केही समय अगाडि सम्पन्न कर्णाली प्रिमिएर लिग क्रिकेट समेत खेलेका थिएनन् ।

चिकित्सकको सल्लाह अनुसार अझै २ देखि ३ हप्ता उनले आराम गर्नुपर्ने भएका कारण प्रतियोगितामा सहभागी नहुने विक्रमले बताएले बताएका छन् । राष्ट्रिय टोलीका लागि संर्घषरत बिक्रमले घरेलु प्रतियोगितामा आर्मीका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट शुरु हुँदैछ । प्रतियोगितामा ७ प्रदेशका टोली र ३ विभागिय टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ३५ बजे

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी

समानुपातिकतर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त