मेलम्चीमा अर्को ठेक्का, दुई अर्ब ५२ करोड भार थपिने « Khabarhub

मेलम्चीमा अर्को ठेक्का, दुई अर्ब ५२ करोड भार थपिने


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको ठेक्का लगाउने निर्णय गरेको छ। राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो। अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको अन्नपूर्ण पोस्टमा खबर छ ।

मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मेलम्चीमा नयाँ ठेक्कासम्बन्धी प्रस्ताव पारित भएको जानकारी दिए। उनले मेलम्ची प्रकरणमा सरकारमाथि प्रश्न उठिरहेको र सरकार पनि चिन्तित रहेको अवस्थामा पुरानो ठेकेदार सीएमसीले काम छाडेर गएकाले नयाँ ठेक्का गर्नुपरेको बताए। मेलम्ची खानेपानी विकास समिति (बोर्ड) आफैंले गर्न सक्ने ठेक्का मन्त्रिपरिषद् लगेर निर्णय गरिएको छ।

मुलुकमा विशेष परिस्थिति वा संकटकाल घोषणा भएका बेला मात्र सानातिना ठेक्कापट्टा मन्त्रिपरिषद्बाट निर्णय हुने पूर्वसचिव हरिराम कोइरालाले बताए। मेलम्ची आयोजनाका पूर्वकार्यकारी निर्देशक एवं खानेपानी विभागका महानिर्देशकसमेत रहिसकेका कोइरालाले मन्त्रिपरिषद्बाट ठेक्कापट्टाको सैद्धान्तिक निर्णय गराउनु गैरजिम्मेवार रहेको टिप्पणी गरे। उनले जिम्मेवार व्यक्ति आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्यबाट पन्छिन मन्त्रिपरिषद्मा लगेर निर्णय गराइएको बताए। ‘मेलम्ची बोर्ड आफैंमा स्वायत्त र अधिकारप्राप्त निकाय हो,’ उनले भने, ‘भोलि केही पर्‍यो भने आफूभन्दा माथिको निकाय देखाएर उम्कने दाउ यो हो।’

मोदी झन शक्तिशाली शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले दर्बिलो बहुमत प्राप्त गरेका छन् ।

भाजपाले शुक्रबार बिहान ६ बजेसम्म २८९ सिटमा जितिसकेको छ । १४ सिटमा अग्रता लिएको छ । विपक्षी कंग्रेस आईका उम्मेदले ५० सिटमा जित हासिल गरेका छ र एक सीटमा अग्रता बनाएको छ । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउनबाहेक कुनै प्रभाव देखाउन सकेन ।

सात चरणमा करिब डेढ महिनामा सम्पन्न भारतको लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले आवश्यकभन्दा १७ सीटमा बढीमा जित हात पारिसकेको छ ।

भाजपा नेतृत्वको एनडीए (नेसनल डेमोक्रेटिक एलायन्स) जित र मतगणनामा लिएको अग्रताका आधारमा करिब ३५० सीट जित्ने सम्भावना देखिएको छ । उता कांग्रेस नेतृत्वको यूपीए (युनाइटेड प्रोग्रेसिभ एलायन्स) ले करिब ९५ सिट जित्ने अनुमान छ । यसपटक पनि कांग्रेसले प्रतिपक्षी दलको मान्यता पाउन कुल सिटको १० प्रतिशत अर्थात् ५५ सिट नजित्ने देखियो ।

जिजुबाजे जवाहरलाल नेहरुका पालादेखि कांग्रेसले जित्दै आएको उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा कांग्रेस अध्यक्ष राहुल गान्धी पराजित भएका छन् । पराजय स्विकार्दै उनले भाजपाकी स्मृति इरानीलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : १२ बजे

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा