भारतमा मोदीको आँधी, हिन्दूवादीलाई राहत, तर केही हुँदैन « Khabarhub

भारतमा मोदीको आँधी, हिन्दूवादीलाई राहत, तर केही हुँदैन


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ। सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ। त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट पुर्‍याएको नयाँ पत्रिकामा खबर छ ।

मोदी नेतृत्वले अब सार्क अघि बढ्नेमा विश्वस्त रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले टेलिफोन गरेर बधाई दिँदै सन् २०१८ मा उचाइमा पुगेको नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। अब सम्बन्ध समस्यारहित हुनेछ र यसका लागि दुवै पक्षबाट प्रयत्न हुनेछ। अब सार्क प्रक्रिया अघि बढ्नेमा हामी विश्वस्त छौँ। नेपाल–भारत इपिजीको प्रतिवेदन दुवै सरकारले बुझ्ने र कार्यान्वयनमा जानेमा पनि हामी विश्वस्त छौँ। ‘

त्यस्तै भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले भारतको विदेश नीति नबदलिने बताएका छन् । उनले भनेका छन्, ‘नरेन्द्र मोदीको नेतृत्वमा पुनः सरकार गठन हुँदैमा भारतको परराष्ट्र नीति परिवर्तन हुँदैन। उनीहरूको नेपाल नीति अहिलेकै निरन्तर रहन्छ। मोदी नेपाललाई पवित्र तपोभूमि–देवभूमिका रूपमा मान्दछन्। मोदी नेपालप्रति सकारात्मक छन्। नेपालले साझा परराष्ट्र नीति तय गर्नुपर्छ र विश्वासको सम्बन्धका लागि प्रयास गर्नुपर्छ। हामीकहाँ सत्तारुढ पार्टीभित्र भारत नीतिमा एकमत छैन। हामी स्पष्ट हुनुपर्छ र कूटनीतिक कौशल देखाएर सम्बन्ध थप मजबुत बनाउनुपर्छ।’

भारतका लागि पूर्वराजदूत प्रा.डा. लोकराज बरालले मोदीको जीतले हिन्दूवादीलाई राहत भएपनि केही नहुने बताएका छन् । उनले भनेका छन्, ‘ हाम्रा क्रियाकलाप, आन्तरिक विकासक्रमले नै भारत मात्र होइन विश्वका अन्य सरकारसँग सहकार्यमा असर गर्छ। भारतमा भाजपाको एजेन्डा हिन्दूराष्ट्र हो जसको प्रभाव नेपालमा नपर्ने भन्ने हुँदैन। मोदीको आगमनले नेपालका हिन्दूवादीलाई राहत दिन्छ। हाम्रा जनता पनि ‘सेन्टिमेन्टल’ हुनाले प्रभावमा पर्लान्। तर, नेपाल फेरि पछि हट्नुपर्ने अवस्था आउनेछैन। विकासका लागि मोदी नेतृत्वको सरकारसँग नेपालले सार्थक सहकार्य गर्नुपर्छ।’

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ७ : २९ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला