दोस्रो कार्यकालका लागि मोदीको शपथ विहीवार « Khabarhub

दोस्रो कार्यकालका लागि मोदीको शपथ विहीवार


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– आम निर्वाचनमा भारी बहुमतका साथ सत्तारुढ भारतीय जनता पार्टी भाजपा विजयी भएसँगै प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले दोश्रो कार्यकालका लागि आगामी विहीवार शपथ ग्रहण गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले बिहीबार बेलुकी ४ वा ५ बजे शपथ ग्रहण गर्नेछन् । नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री मोदीले आज शुक्रबार पार्टी पदाधिकारी तथा मन्त्रिपरिषद्का पदाधिकारीसँग भेटवार्ता गर्ने जनाइएको छ ।

शपथ ग्रहण अघि प्रधानमन्त्री मोदी आफ्नो गृहराज्य गुजरात जाने तथा गृहनगर गान्धीनगर पुगी आफ्नी आमासँग आशिर्वाद लिने भारतीय सञ्चारमाध्यमको भनाइ छ ।

हालै भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले ३ सय ३ सयको हाराहारीमा सिट जितिसकेको छ । यसअघि हिजो बिहीबार मोदीले आफ्ना मतदाता तथा जनतालाई आफूलाई जिताएकोमा धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  १० : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको