दोस्रो कार्यकालका लागि मोदीको शपथ विहीवार « Khabarhub

दोस्रो कार्यकालका लागि मोदीको शपथ विहीवार


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– आम निर्वाचनमा भारी बहुमतका साथ सत्तारुढ भारतीय जनता पार्टी भाजपा विजयी भएसँगै प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले दोश्रो कार्यकालका लागि आगामी विहीवार शपथ ग्रहण गर्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले बिहीबार बेलुकी ४ वा ५ बजे शपथ ग्रहण गर्नेछन् । नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री मोदीले आज शुक्रबार पार्टी पदाधिकारी तथा मन्त्रिपरिषद्का पदाधिकारीसँग भेटवार्ता गर्ने जनाइएको छ ।

शपथ ग्रहण अघि प्रधानमन्त्री मोदी आफ्नो गृहराज्य गुजरात जाने तथा गृहनगर गान्धीनगर पुगी आफ्नी आमासँग आशिर्वाद लिने भारतीय सञ्चारमाध्यमको भनाइ छ ।

हालै भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले ३ सय ३ सयको हाराहारीमा सिट जितिसकेको छ । यसअघि हिजो बिहीबार मोदीले आफ्ना मतदाता तथा जनतालाई आफूलाई जिताएकोमा धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  १० : ५५ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका