मलेरिसायामा श्रमिक अभाव, विदेशी कामदार ल्याउने प्रक्रिया तत्काल शुरु गर्न रोजगारदाताको माग « Khabarhub

मलेरिसायामा श्रमिक अभाव, विदेशी कामदार ल्याउने प्रक्रिया तत्काल शुरु गर्न रोजगारदाताको माग


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले विगत ६ महिनादेखि विदेशी कामदार रोजगारीका लागि भित्र्याउने प्रक्रिया बन्द गर्दा त्यहाँको श्रमिक बजारमा कामदारको अभाव हुने भएको छ ।

मलेसियाली उद्योग, कलकारखाना, विभिन्न क्षेत्रका व्यवसायी र रोजगारदाता कम्पनीले विदेशी कामदारको आपूर्ति रोकिँदा श्रमिक अभाव भएको भन्दै त्यहाँको सरकारको ध्यानार्षण गराएका छन् । उनीहरुले विदेशी कामदार रोजगारीका लागि भित्र्याउने प्रक्रिया सहज बनाउन मलेसियाको गृह र मानव शसाधन मन्त्रालयलाई माग गरिरहेका मलेसियाली सञ्चारमाध्यमले जनाएको छ ।

मलेसियाका रोजगारदाता कम्पनीले सरकारसँग तत्काल विदेशी कामदार भित्र्याउने प्रक्रिया खुलाउन माग पनि गरेका छन् । आप्रवासी कामदार लिने प्रक्रिया सन् २०१८ मा गरिएको फेरवदलले अप्ठ्यारो परेको भन्दै रोजगारदाता कम्पनीले त्यसलाई सुल्झाउन सरकारसँग अपिल पनि गरेको पनि स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

मलेसिया सरकारले तत्काल रोजगारदाता कम्पनीको मागअनुसार विदेशी श्रमिक भित्र्याउने सन् २०१८ गाडीकै कानुनलाई मानेर केही महिना विदेशी कामदार भित्राउन योजना बनाइरहेको मलेशियाका मानव संशाधन मन्त्री एम कुलासेगरनलाई उदृत गदै सञ्चारमाध्यमले जनाएका छन् । मलेशियामा पछिल्लो समयमा विदेशी कामदारको चर्को अभाव हुँदै गएको छ ।

पुरानो पद्धतीलाई नै अवलम्वन गर्दा हाल देखिएको विदेशी कामदार सम्वन्धी आधा समस्या समाधान हुने र विदेशी कामदार आपूर्ति प्रक्रिया शुरु हुने मन्त्री कुलासेगरनको भनाइ छ । नेपालबाट विगत १ वर्षयता कामदार गएका छैनन् । नेवालबाट मात्र होइन मलेसिया सरकारले अन्य स्रोत देशबाट पनि कामदार ल्याउन रोकेको छ ।

पुरानो प्रक्रियाअनुसार आफूसँग कार्यरत कुनै मुलुकको कामदारले मलेशिया छोडेर फर्केमा अध्यागमन विभागबाट उनीहरु मलेशियाबाट बाहिरिएको कागजात उपलव्ध गराएपछि नयाँ कामदार लिन पाइने व्यवस्था थियो । तर, सन् २०१७ पश्चात पुनः नयाँ कामदार लिन लामो, झण्झटिलो र खर्चिलो प्रक्रिया अपनाउन रोजगारदाता कम्पनी बाध्य छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ११ : ०८ बजे

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका