अमिलो पानी आउने, छाती पोल्ने समस्या छ ? यसरी गर्नुस् घरेलु उपचार | Khabarhub Khabarhub

अमिलो पानी आउने, छाती पोल्ने समस्या छ ? यसरी गर्नुस् घरेलु उपचार


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तपाईलाई पेट फुल्ने,अमिलो पानी आउने, खाना नरुच्ने समस्या देखियो ? यस्तो अवस्थमा डर लाग्ने, आत्तिने, बैचैनी बढ्ने गरको छ ?

यदि यस्तो समस्या छ भने तपाईलाई अम्लपित्त भएको हुनसक्छ । अम्लपित्तको समस्या बढ्दै गएमा मानिसहरुमा उदास हुने गर्छन् । अम्लपित्त भनेको ग्यास्ट्रि ग्ल्यान्डले खाना पचाउनका लागि ग्यास्टिक रस निष्कासन गर्दा रस बढी निष्कासन भएमा पेटमा बढी एसिड जम्मा भइ अम्लपित्त हुन्छ । यसलाई चिकित्सकीय भाषमा एसिडिटी भनिन्छ ।

अम्लपित्तको लक्षण

–पेट, छाती र घाँटीमा जलन हुनु,

–अमिलो डकार आउनु,

–कहिलेकाहीँ उल्टी हुनु,

–मुखमा अमिलो र तीतो पानी आउनु,

–अपच हुनु,

–शरीर तातो हुनु,

–भोक कम लाग्नु वा बढी लाग्नु,

–टाउको

–जीउ दुख्नु,

–हातखुट्टा पोल्नु,

–चक्कर लाग्नु,

–बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडेपन बढ्नु,

–राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु,

– डरलाग्दा सपना देख्नु ।

यस्ता लक्षण देखिएमा समयमै उपचार गराउनु पर्छ । अम्लपित्तको समयमै उपचार नभएमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ ।

अम्लपित्तको घरेलु उपचार

–जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउने,

–हरेक बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने,

–एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एक पटक खानापछि खाने ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  २ : ५८ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा