सरकारले मानव अधिकार आयोगकै अधिकार हनन गर्‍योः कांग्रेस « Khabarhub

सरकारले मानव अधिकार आयोगकै अधिकार हनन गर्‍योः कांग्रेस


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगकै अधिकार हनन हुने गरी सरकारले कानून बनाउन लागेको आरोप लगाएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले सोसम्बन्धी विधेयक संसदमा पेश गरेको बताए ।

प्रवक्ता शर्माले पार्टीका तर्फबाट उक्त विधेयकप्रति आपत्ति समेत जनाए ।
विधेयकको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानून बनाउने काम रिटायर्ड न्यायाधिशको हो ? भनि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई प्रश्न सोधेकोमा पनि शर्माले आपत्ति जनाए ।

प्रवक्ता शर्माले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य स्वदेशी लगानीमै गर्ने निर्णय उल्ट्याइएकोमा पनि आपत्ति जनाए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  २ : २० बजे

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै