सगरमाथाको उचाई ६ महिनापछि थाहा हुने ! « Khabarhub

सगरमाथाको उचाई ६ महिनापछि थाहा हुने !


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली फर्किएको छ । सगरमाथाको उचाइ मापन गरेर टोली बिहीवार काठमाडौं फर्किएको हो ।

टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरिन् । उनले अब ६ महिनाभित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने जानकारी दिइन् ।

नेपाल सरकारले पहिलोपटक आफैंले सगरमाथाको उचाई मापन गरेको हो । यसअघि भारतले सगरमाथाको उचाइ मापन गरेको थियो जसलाई नेपाल सरकारले मान्यता दिएको थियो ।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाईमाथि प्रश्न उठाउन थालेपछि सरकारले पहिलो पटक आफ्नै स्रोत र साधनमा नापी विभागमा प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी विभागकै नापी अधिकृत रविन कार्की, विभागका सर्वेभर सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई गत चैत्र २७ गते त्यसतर्फ पठाएको थियो ।

टोलीले गत जेष्ठ ८ गते बिहान ३ गते सगरमाथाको उचाई चुमी१ घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाईको सर्वेक्षण गरेको हो । आरोहण चुनौतिपूर्ण भएपनि प्रधानमन्त्री ओलीको उत्साह र मन्त्री अर्यालको हौसलाका कारण आफूहरुले सगरमाथाको सफल आरोहण गरी त्यसको उचाईको सर्वेक्षण गर्न सफल भईएको टोलीका नेता प्रमुख नापी अधिकृत गौतमले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ४ : २६ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या