बालगृह तथा अनाथालयको मापदण्डबारे संसदीय समितिको चासो « Khabarhub

बालगृह तथा अनाथालयको मापदण्डबारे संसदीय समितिको चासो


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले एकीकृत मापदण्ड नबनेसम्म गैरसरकारी संस्थाको रुपमा नयाँ अनाथालय वा बालगृह दर्ता कार्य नगर्न-नगराउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको महिला तथा समाजिक समितिको बैठकले अधिकांश आवासीय गैर सरकारी बालगृहरु मापदण्ड बमोजिम सञ्चालनमा नरहेको र संघीय संरचनाको लागि एकिकृत मापदण्ड नबनेसम्म गैर सरकारी संस्थाको रुपमा नयाँ अनाथालय वा बालगृह खोल्न नदिन सम्बन्धित मन्त्रालय र मातहतको निकायलाई निर्देशन गरेको हो ।

न्यूनगुणस्तर र विवादित गैह्रसरकारी बालगृह वा अनाथालय तत्काल दर्ता खारेज गर्न तथा अनाथ वालवालिकाको व्यबस्थापन सरकारी तवरमा नै स्थानीय तहमा क्रमिक रुपमा ब्यवस्थापन गर्न गराउन समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालय तथा समाज कल्याण परिषद्लाई निर्देशन गरेको छ ।

समितिले समाज कल्याण परिषद्लाई संञ्चालनम रहेका गैह्रसरकारी बालगृह÷अनाथालयहरुको नामावली र मापदण्ड पुरा गरे नगरेबारेको यथार्थ विवरण ३० दिन भित्र उपलब्ध गराउन निर्देश दिएको छ ।

गैह्रसरकारी बालगृह संचालनको नाममा आउन अनुदान वा सहयोग बालबालिकाको हितमा प्रयोग नभई संञ्चालकले प्रयोग गर्ने गरेको भन्दै समितिले सबै बालगृह सञ्चालकहरुको आर्थिक परीक्षण गरी सत्य तथ्य बाहिर ल्याउन, अनियमितता गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि समितिले मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ ।

त्यसैगरी समितिले प्रत्यायोजित व्यवस्थापनअनुसार बालबालिका सम्बन्धी ऐन २०७५ को लागि बन्नुपर्ने नियमावली हालसम्म नबनेकोले शीघ्र नियमावली बनाउन नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

हाल संचालनमा रहेका बालगृह/अनाथालयहरुकोे अवस्था एबं प्रभावकारी अनुगमन र मूल्याङ्कन बारे समितिले शुक्रबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, मन्त्रालयका सचिव एवं समाज कल्याण परिषद्का अधिकारीसंग छलफल गरेको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ४ : ३० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ