पूर्वप्रधानन्यायाधीश खत्रीको निधन « Khabarhub

पूर्वप्रधानन्यायाधीश खत्रीको निधन


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ ।

सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले दिएको जानकारीअनुसार खत्रीको बिहिबार राती निधन भएको हो । दिवंगत खत्रीको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ । कालाखेतीले शनिबार आर्यघाटमै सर्वोच्चको पुर्ण बैठक बसेर शोक प्रस्ताव पारित गर्ने र अदालतका कामकारबाही समेत बन्द गर्ने निर्णय हुनेछ ।

१ सय वर्षको उमेरमा निधन भएको हो । नेपालको छैटौँ प्रधानन्यायाधीशका रुपमा उनले २०३३ सालदेखि २०४२ सालसम्म सर्वोच्चको प्रधानन्यायाधीशका रुपमा कार्यरत थिए ।  खत्री कानून आयोगको समेत ३ कार्यकाल अध्यक्ष बनेका थिए । प्रेस काउन्सिलमा समेत अध्यक्ष बनेका खत्रीको उपचारका क्रममा मेडिसीटी अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ४ : ३५ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको