पूर्वप्रधानन्यायाधीश खत्रीको निधन « Khabarhub

पूर्वप्रधानन्यायाधीश खत्रीको निधन


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ ।

सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले दिएको जानकारीअनुसार खत्रीको बिहिबार राती निधन भएको हो । दिवंगत खत्रीको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ । कालाखेतीले शनिबार आर्यघाटमै सर्वोच्चको पुर्ण बैठक बसेर शोक प्रस्ताव पारित गर्ने र अदालतका कामकारबाही समेत बन्द गर्ने निर्णय हुनेछ ।

१ सय वर्षको उमेरमा निधन भएको हो । नेपालको छैटौँ प्रधानन्यायाधीशका रुपमा उनले २०३३ सालदेखि २०४२ सालसम्म सर्वोच्चको प्रधानन्यायाधीशका रुपमा कार्यरत थिए ।  खत्री कानून आयोगको समेत ३ कार्यकाल अध्यक्ष बनेका थिए । प्रेस काउन्सिलमा समेत अध्यक्ष बनेका खत्रीको उपचारका क्रममा मेडिसीटी अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ४ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको