प्रहरीले जनप्रतिनिधिलाई कुटेको भन्दै आन्दोलन « Khabarhub

प्रहरीले जनप्रतिनिधिलाई कुटेको भन्दै आन्दोलन


१० जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– प्रहरीले जनप्रतिनिधीलाई कुटेको भन्दै कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तुलसी अर्याल लगायतलाई प्रहरीले चौकीमा छलफलका क्रममा कुटपिट गरेको आरोप स्थानीयले आरोप लगाउँदै प्रहरी चौकीमा प्रदर्शन गरेका छन् ।

बाल विवाहको विषयमा बिहीवार राति प्रहरी चौकीमा छलफल चलिरहेको बेला जनप्रतिनिधि र स्थानीयलाई प्रहरीले कुटपिट गरेको आरोप प्रदर्शकारीले लगाएका छन् ।

हरी र सिंहबीच विवाद भएपछि छुट्याउन जाँदा प्रहरीले आफ्नो टाउकोमा लाठी प्रहार गरेको वडाध्यक्ष अर्यालले बताए ।

बाल विवाहको मुद्दाका विषयमा चौकीमा छलफल गर्दागर्दै प्रहरी र स्थानीयबीच विवाद भएको र  प्रहरीले स्थानीयसँगै आफूलाई पनि लाठी प्रहार गरेको वडा अध्यक्षा अर्यालले बताए ।

पुनर्वास ११ का १७ वर्षीय रोशन विकले पुनर्वास ३ की १४ वर्षीया एक बालिकालाई भगाएर ल्याएका थिए । उमेर नपुगेको भन्दै बालिकाको परिवारले प्रहरीमा निवेदन दिएका थिए । बिहीबार बालबालिका घरमै भेटिएपछि प्रहरीले छलफलका लागि दुवैका अभिभावकलाई चौकीमा बोलाएको थियो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बमले बाल विवाहको विषयमा समान्य विवाद हुँदा धकेलाधकेल मात्र भएको बताए । ‘चौकीमा लाठि प्रहार भएको छैन,’ बलमे भने, ‘विवाद मात्रै भएको हो ।’ बालकका बाबुकृष्ण विकले छोरालाई जिम्मा लिए पनि बालिकाले जान नमोपछि विवाद भएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ५ : ०२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२