‘प्रेम गीत ३’ मा नायिकाका लागि उत्कृष्ट २५ मा छानिए यी प्रतिस्पर्धी « Khabarhub

‘प्रेम गीत ३’ मा नायिकाका लागि उत्कृष्ट २५ मा छानिए यी प्रतिस्पर्धी


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘प्रेम गीत ३’ को नायिकाका लागि निर्माण टिमले २५ जना युवतीलाई अडिसनका लागि छनोट गरेको छ । फिल्म युनिटले केही समयअघि नायिकाका लागि अडिसन आह्वान गरेको थियो ।

आवेदन दिएकाबाट उत्कृष्ट २५ छानेको आयोजकले जनाएको छ । छनोटमा परेका २५ युवतीमध्ये एकले ‘प्रेम गीत ३’ मा गीतको भूमिका निभाउन पाउनेछन् । निर्माता सन्तोष सेन, छेतेन गुरुङ, छायांकार राजेश श्रेष्ठ लगायतले उत्कृष्ट २५ छानेका हुन् ।

यसअघि ‘प्रेमगीत’ मा प्रदीप खड्का र पूजा शर्मालाई जोडीका रुपमा देखिएको थियो भने ‘प्रेम गीत २’ मा अश्लेषा ठकुरी र प्रदीप खड्का थिए । निर्माण टिमले ‘प्रेम गीत ३’ मा पनि नयाँ नायिका ल्याउने बताएको थियो ।

रिलिजमा नजाँदै यो फिल्मले यस वर्षको चैत्र २८ लाई रिलिज मिति तोकेको छ । चलचित्रमा प्रदीप खड्काको शीर्ष भूमिका रहने जनाइएको छ । यद्यपि निर्माण टिमले प्रदीप खड्काको शीर्ष भूमिका रहने बारेमा औपचारिक जानकारी दिएको छैन ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : ५३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा– राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत