‘प्रेम गीत ३’ मा नायिकाका लागि उत्कृष्ट २५ मा छानिए यी प्रतिस्पर्धी | Khabarhub Khabarhub

‘प्रेम गीत ३’ मा नायिकाका लागि उत्कृष्ट २५ मा छानिए यी प्रतिस्पर्धी


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘प्रेम गीत ३’ को नायिकाका लागि निर्माण टिमले २५ जना युवतीलाई अडिसनका लागि छनोट गरेको छ । फिल्म युनिटले केही समयअघि नायिकाका लागि अडिसन आह्वान गरेको थियो ।

आवेदन दिएकाबाट उत्कृष्ट २५ छानेको आयोजकले जनाएको छ । छनोटमा परेका २५ युवतीमध्ये एकले ‘प्रेम गीत ३’ मा गीतको भूमिका निभाउन पाउनेछन् । निर्माता सन्तोष सेन, छेतेन गुरुङ, छायांकार राजेश श्रेष्ठ लगायतले उत्कृष्ट २५ छानेका हुन् ।

यसअघि ‘प्रेमगीत’ मा प्रदीप खड्का र पूजा शर्मालाई जोडीका रुपमा देखिएको थियो भने ‘प्रेम गीत २’ मा अश्लेषा ठकुरी र प्रदीप खड्का थिए । निर्माण टिमले ‘प्रेम गीत ३’ मा पनि नयाँ नायिका ल्याउने बताएको थियो ।

रिलिजमा नजाँदै यो फिल्मले यस वर्षको चैत्र २८ लाई रिलिज मिति तोकेको छ । चलचित्रमा प्रदीप खड्काको शीर्ष भूमिका रहने जनाइएको छ । यद्यपि निर्माण टिमले प्रदीप खड्काको शीर्ष भूमिका रहने बारेमा औपचारिक जानकारी दिएको छैन ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : ५३ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ