नक्कली नोट बरामदको श्रृङ्खला, कारोबारीको ‘ट्रान्जिट’ बन्यो नेपाल | Khabarhub Khabarhub

नक्कली नोट बरामदको श्रृङ्खला, कारोबारीको ‘ट्रान्जिट’ बन्यो नेपाल



प्रहरीले भारतीय जाली नोटको कारोबारमा संलग्नहरूलाई पटक–पटक पक्राउ गर्दै आएको छ । तर,पनि कारोबारीहरु निमिट्यान्न हुनु भने सकेका छैनन् । प्रहरीले जति सक्रियता बढाउँछ उत्ति फरक शैलीमा उत्रन्छन् कारोबारी ।

करिव २० वर्ष अघि पहिलो पटक आसामबाट जाली नोट छाप्ने मेसिनसहित केही कारोवारी पक्राउ परेका थिए । त्यसयता नेपालमा पटक–पटक भारतीय नक्कली नोटसहित कारोवाहीहरु पक्राउ परिसकेका छन् ।

शुक्रबार मात्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ८ करोड भारतीय नक्कली नोटसहित ६ जनालाई पक्राउ गर्‍यो । प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार, पक्राउ पर्नेमा युनुस अन्सारीसहित ३ नेपाली र ३ जना पाकिस्तानी नागरिक रहेका छन् । नेपाली भूमीमा पटक–पटक भारतीय जाली नोट बरामद् भएका घटनाहरु सार्वजनिक भएका छन् ।

जाली नोटसहित पक्राउका मुख्य घटना

 २०६६ चैत, काठमाडौंको न्यूरोडबाट ९ लाख ९८ हजार भारतिय जाली नोट बरामद्
 २०६७ फागुन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ लाख ९५ हजार भारतिय जाली नोट बरामद्
 २०६७ असोज, ४० लाख भारतीय जाली नोट सहित थाईल्याण्डबाट नेपाल भित्रिएका एकजना पक्राउ
 २०६८ कात्तिक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ लाख ९० हजार भारतीय जाली नोट बरामद्
 २०६८ पुस, कलंकिबाट १ करोड २२ लाख भारतिय जाली नोट बरामद्
 २०६८ चैत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९८ लाख ८ हजार भारतिय जाली नोट बरामद्
 २०६९ साउन, न्यूरोडबाट २९ लाख ५० हजार भारतिय जाली नोट सहित तीन जना विदेशी पक्राउ
 २०७० बैशाख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ करोड भारतिय जाली नोट सहित दुई जना पाकिस्तानी पक्राउ
 २०७३ जेठ ५ गते, काठमाडौंको विभिन्न स्थानबाट २८ लाख ८८ हजार भारतिय जाली नोट सहित ७ जना पक्राउ
 २०७३ जेठ ८ गते, ३६ लाख भारतिय जाली नोट सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पाकिस्तानी नागरिक पक्राउ
 २०७४ चैत, ८३ हजार भारतिय जाली नोट सहित कञ्चनपुरको महेन्द्रनगरबाट एकजना पक्राउ
 २०७५ मंसिर, झापाको दमकबाट ९६ हजार भारतिय नक्कली नोट सहित एकजना पक्राउ
 २०७६ जेठ १० गते, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित ३ पाकिस्तानी र तीन नेपाली गरी ६ जना पक्राउ ।

यसरी पटक–पटक बरामद् भएका जाली नोटको घटना हेर्दा नेपालमा यसको कारोवार भइरहेको कुरा पुष्टि हुन्छ । पूर्वएआइजी देवेन्द्र सुवेदी पनि नेपाली भूमिबाट भारतीय जाली नोटको कारोवार हुने कुरा स्वीकार्छन् । उनका अनुसार, नेपाल भित्रने जाली नोटहरु प्राय हवाईमार्गको बाटो भएर काठमाडौं आउँछन् । काठमाडौंबाट स्थलमार्ग हुँदै भारतीय बजारसम्म पुग्छन् । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार, नेपालमा प्रायः चारवटा बाटो भएर जाली नोट भित्रिने गरेको छ ।

यी हुन् जाली नोट भित्रने मुख्य पाँच रुट

 पाकिस्तान÷कराँची दोहा – काठमाडौं
 पाकिस्तान – ओमान – काठमाडौं
 बैंङ्कक– काठमाडौं
 सिंगापुर – काठमाडौं

यस बाहेक पनि विभिन्न स्थानबाट जाली नोट नेपाल भित्रने गरेको छ । पूर्वएआइजी सुवेदी भन्छन् – अहिले सम्म बरामद् भएका उदाहारण हेर्दा मुख्य गरी पाकिस्तानी नागरिकहरुले कराँची, ओमान, दोहा लगाएत स्थान प्रयोग गरी भारतिय जाली नोट नेपाल भित्र्याउने गरेका छन् । यसमा विभिन्न देशका नागरिकहरुको संलग्नता देखिएको छ ।

नेपाली भूमि ट्रान्जिट प्वाइन्ट ?

अनुसन्धान अनुसार, विभिन्न स्थानबाट काठमाडौं भित्रिएका जाली नोट मध्ये ९० प्रतिशत भारतीय बजारमा पुग्ने र १० प्रतिशत चाहिं नेपाली बजारमानै कारोवार हुने गरेको छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल भन्छन् – ‘जाली नोटका कारोवारीहरुले विशेष गरी नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्न खोजेका छन् । अधिकांश नक्कली भारु नेपाल, श्रीलंका, बंगलादेश र संयुक्त अरब इमिरेट्स हुँदै भारत भित्रिएको भारतीय सुक्षा एजेन्सीले औपचारिक रुपमै सार्वजनिक गर्ने गरेका छन् । उनीहरुको सूचीमा बंगलादेश र नेपाल मुख्य केन्द्र हो ।

सन् २००९ र १० बाट नेपाललाई ट्रान्जिट बनाएर नक्कली भारु भारत पुर्‍याउने क्रम बढेको हो । नेपाल, बंगलादेश हुँदै भारत लैजाँदै गरिएका बन्डलका बन्डल नक्कली भारु बरामद हुने क्रम बढ्दा भारतीय बैंकमै समेत जाली नोट भेटिएका थिए ।

जाली नोट कारोबारमा अन्तर्राष्ट्रिय सञ्जाल

अहिले सम्मको उदाहारण हेर्दा जाली नोटको कारोवारमा अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता देखिएको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, सिंगापुर, मलेसिया, थाइल्याण्ड, यूएई, पाकिस्तान, नेपाल, भारत, वंगलादेश र श्रीलंकामा यसको कारोवार हुने गरेको छ । केही बर्ष अघि काठमाडौंमा मुस्लिम समुदायका केही व्यक्तिको हत्या समेत भएको थियो । प्रहरी अनुसन्धान अनुसार ती हत्याका घटना पनि जाली नोट सँग जोडिएको थियो । प्रहरीको तथ्याङ्क हेर्ने हो भने ती मध्य अधिकांश घटनामा पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ६ : ४४ बजे

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम