गाउँपालिकाकी उपाध्यक्षले कुटेपछि प्रशासकीय अधिकृतले दिए जाहेरी  « Khabarhub

गाउँपालिकाकी उपाध्यक्षले कुटेपछि प्रशासकीय अधिकृतले दिए जाहेरी 


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको तार्केश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालले गाँउपालिका उपाध्यक्ष तारादेवी रिमालले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

सिफारिस गरेका योजनाक लागि बजेट दिन नमानेको भन्दै तत्कालीन नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष रिमालले प्रमुख प्रशासकीय अधिकृत दाहालमाथि कुटपिट र दुर्व्यबहार गरेकाले पक्राउ गरेर कारबाही गर्न मागगर्दै प्रहरीमा किटानी जाहेरी दिइएको हो । आफ्नै कार्यकक्षमा सेवाग्राहीका काम गरिरहेको समयमा बिहीबार अपराह्न चार बजे उपाध्यक्ष रिमालको कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत दाहालले लगाएको कपडा च्यातिएको तथा गालीगलौज भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

गाँउसभामा समावेश नभएका विभिन्न चारवटा योजनामा ६ लाख रुपैयाँ बजेट तर्जुमा गर्न उपाध्यक्षको निर्देशन कार्यान्वयनको लागी ‘कानूनले नमिल्ने’ बताएपछि आफूमाथी कार्यकक्षमै कुटिपिट भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । उपाध्यक्षले गरेको कुटपिट र लछारपछारबाट आफू अन्यायमा परेको भन्दै तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै उनले ‘सार्वजनिक अपराध सम्बन्धी कसुर’मा प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

कर्मचारी माथि भएको दुर्व्यबहारको विरुद्ध जिल्लामा रहेका बाह्रैवटा स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गाँउपालिका उपाध्यक्ष रिमालप्रति आपत्ति जनाउदै कारबाहीको माग गरेका छन् ।

अन्यायमा परेकालाई न्याय दिन गठित ‘न्यायिक समितिका संयोजक’ समेत रहेको गाँउपालिका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि गरेको कुटपिट र दुर्व्यवहार प्रति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनसहित सबै संघ–संगठनले दोषीलाई कारबाही गर्न मागगर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

यस्तो छ ज्ञापन पत्र 

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ७ : ०८ बजे

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले