नेकपामा चर्कियो कार्यदिशा विवाद « Khabarhub

नेकपामा चर्कियो कार्यदिशा विवाद


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा कार्यदिशा विवाद चर्किएको समाचार पहिलो पृष्ठमा प्रकाशन भएको छ ।

समाचारमा जनाइए अनुसार कार्यदिशा जनताको जनवाद कि जनताको बहुदलीय जनवाद भन्ने विवाद देखिएको छ ।

पार्टी एकताको एक वर्षसम्म दस्तावेजदेखि कार्यदिशासम्ममा चुपचाप बसेर संगठनात्मक एकतामा माथापच्ची गरिरहेका नेता अहिले कार्यदिशामा मतभेद पोख्न थालेका छन् । कार्यदिशा विवादककै कारण पछिल्लो पटक पार्टीका जोर पाइलट अध्यक्ष केपी ओली र पुष्पकमल दाहालकै बीचमा अविश्वास सिर्जना भएको छ ।

अध्यक्ष ओली पक्ष तत्कालीन एमालेले अवलम्बन गर्दै आइरहेको जनताको बहुदलीय जनवादलाई पार्टी कार्यदिशा बनाउनुपर्ने लबिङमा छ भने दाहाल पक्ष एकताका क्रममा तय गरिएको संक्रमणकालीन कार्यदिशा जनताको जनवादको पक्षमा छ ।

१३ महिनासम्म अन्तरिक राजनीतिक दस्तावेज छापेर कार्यकर्ताबीच पु¥याउन नसकेपछि नेकपाभित्र कार्यदिशाको विवाद सतहमा आएको हो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : ४१ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले