नेकपामा चर्कियो कार्यदिशा विवाद « Khabarhub

नेकपामा चर्कियो कार्यदिशा विवाद


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा कार्यदिशा विवाद चर्किएको समाचार पहिलो पृष्ठमा प्रकाशन भएको छ ।

समाचारमा जनाइए अनुसार कार्यदिशा जनताको जनवाद कि जनताको बहुदलीय जनवाद भन्ने विवाद देखिएको छ ।

पार्टी एकताको एक वर्षसम्म दस्तावेजदेखि कार्यदिशासम्ममा चुपचाप बसेर संगठनात्मक एकतामा माथापच्ची गरिरहेका नेता अहिले कार्यदिशामा मतभेद पोख्न थालेका छन् । कार्यदिशा विवादककै कारण पछिल्लो पटक पार्टीका जोर पाइलट अध्यक्ष केपी ओली र पुष्पकमल दाहालकै बीचमा अविश्वास सिर्जना भएको छ ।

अध्यक्ष ओली पक्ष तत्कालीन एमालेले अवलम्बन गर्दै आइरहेको जनताको बहुदलीय जनवादलाई पार्टी कार्यदिशा बनाउनुपर्ने लबिङमा छ भने दाहाल पक्ष एकताका क्रममा तय गरिएको संक्रमणकालीन कार्यदिशा जनताको जनवादको पक्षमा छ ।

१३ महिनासम्म अन्तरिक राजनीतिक दस्तावेज छापेर कार्यकर्ताबीच पु¥याउन नसकेपछि नेकपाभित्र कार्यदिशाको विवाद सतहमा आएको हो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : ४१ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ