विमानभित्र निदाएकी महिला छुटेपछि… « Khabarhub

विमानभित्र निदाएकी महिला छुटेपछि…


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक महिलाले आफू चढेर आएको एअर क्यानडाको विमानमा आफूलाई एक्लै छोडिएको बताएकी छन्। उडानका बेला निदाएको आफूलाई विमान अवतरण गरेपछि कसैले पनि बिउँझाएको उनको भनाइ छ ।

गत जुन ९ मा टिफनी एडम्स नाम गरेकी ती महिला क्युबेकबाट टोरन्टो जान विमान चढेकी बीबीसीले उल्लेख गरेको छ ।

उडानका बेला उनी निदाइन् र बिउँझिदा सीटमा पेटी बाँधेकै अवस्थामा थिइन्। विमानस्थलमा पार्क गरिएको विमानभित्र कठ्याङ्ग्रिने जाडो थियो र बाहिर निस्पट्ट अन्धकार। त्यो घटनापछि आफूलाई राति धेरै डर लाग्न थालेको उनले बताएकी छन्।

एअर क्यानडाले अवतरण गरेपछि विमानभित्र यात्रु छुटेको घटनाको पुष्टि गर्दै त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ। विमान अवतरण गरेको केही घण्टापछि मध्यराततिर आफू बिउँझिएको र त्यतिबेला एकदमै जाडो र निस्पट्ट अन्धकार भएको विवरण एडम्सले फेसबुकमा लेखेकी छन्। उनका अनुसार त्यो “डरलाग्दो” अनुभव थियो।

फोनबाट साथीलाई आफ्नो परिस्थितिबारे जानकारी दिँदै गर्दा एक मिनेट पनि नभई उनको फोनको ब्याट्री सकियो। विमान पूरै बन्द भएकाले उनले फोन चार्ज पनि गर्न पाइनन्। तर एडम्सकी साथीले विमानस्थललाई फोन गरेर एडम्स विमानभित्र अलपत्र परेको जानकारी गराइन्।

एडम्सले विमानको ककपिटमा भेटिएको एउटा टर्च बालेर अरूको ध्यानाकर्षित गर्ने प्रयास गरेकी थिइन्। विमानबाट सामान ओसार्ने एक कर्मचारीले उनलाई देखे र आश्चर्यचकित भए।

एडम्सका अनुसार उद्धार गर्न आएका एअर क्यानडा विमानसेवाका कर्मचारीले उनलाई गाडी र होटलको व्यवस्था गर्ने बताएका थिए। तर उनले त्यो प्रस्ताव अस्वीकार गर्दै यथाशीघ्र घर फर्किने इच्छा व्यक्त गरिन्। विमानसेवाका प्रतिनिधिहरूले अनुसन्धानका क्रममा आफूलाई दुईचोटि फोन गरेको र क्षमा मागेको उनले बताइन्।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ९ : २५ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई