सधैँ सदावहार करिश्मा « Khabarhub

सधैँ सदावहार करिश्मा


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका करिश्मा मानन्धरलाई सदावहार अभिनेत्री पनि भन्ने गरिन्छ । पछिल्लो समय करिश्मा फिल्म क्षेत्रमा भने त्यति सक्रिय छैनिन् । कुनै समय एकपछि अर्को गर्दै फिल्ममा व्यस्त भएकी करिश्मा केही वर्ष यता भने फिल्मका कार्यक्रममा सामेल हुनुमा नै सीमित भएकी छिन् ।

राजनीतिले पनि करिश्मालाई फापेन । नयाँ शक्ति पार्टीमा लागेकी करिश्मा बाबुराम भट्टराईले उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि उनी राजनीतिबाट बाहिरिएकी छिन् । बरु उनले सामाजिक सञ्जालमा आफ्नो खुबै उपस्थिति देखाइएकी हुन्छिन् । सामाजिक सञ्जालमा करिश्माले विभिन्न तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । राजन‍ैतिक विचार पनि राखिरहेकी हुन्छिन् ।

कहिले करेसाबारीमा काम गरेका तस्वीर त कहिले चट्याङ पर्दाका तस्वीर शेयर गर्ने गरेकी करिश्मा फाटफुट कार्यक्रम र फिल्मको प्रिमियरमा देखिन्छिन् । हालै करिश्मा चलचित्र ‘दाल भात तरकारी’ को एकाउन्न दिन मनाएको उपलक्ष्यमा राखिएको कार्यक्रममा भेटिइन् । कार्यक्रममा पुगेकी करिश्माको रुपको धेरैले खुलेर प्रशंसा गरे । उनलाई देखेर कतिपयले उनलाई सदावहार नायिका भनिरहेका थिए ।

पछिल्लो समय करिश्मा फिल्म क्षेत्रमा सक्रिय छैनिन् । तर उनले दर्शकको ध्यान भने कुनै न कुनै माध्यमबाट खिचिरहेकी छिन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १ : ०८ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना