‘छोटे राजा’ भन्दै नेताहरुले सलामी लिएको फोटो बन्यो भाइरल « Khabarhub

‘छोटे राजा’ भन्दै नेताहरुले सलामी लिएको फोटो बन्यो भाइरल


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

केही दिन यता सामाजिक सञ्जालहरुमा नेताहरुको विभिन्न खालको तस्वीरहरु सार्वजनिक भइरहेका छन् । जसका कारण सामाजिक सञ्जालमा बहस चलेको छ । रातो पिर्का वा आशनमा उभिएर सलामी दिइरहेका तस्वीरहरुका साथमा राजनीतिक बहस चुलिएको छ । गणतन्त्रात्मक देशका राजाहरु भन्दै तस्वीरहरु शेयर भइरहेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्रीलगातयकाले विशेष अवसरमा दिने सलामी सामान्य नै हो । तर सामाजिक सञ्जालहरुमा सेयर भएका केही फोटाहरु ‘लाज लाग्ने’ खालका देखिएका छन् । राजतन्त्र हटाएर गणतन्त्र ल्याउन आन्दोलनमा होमिएकाहरुले लोकतन्त्रका ‘राजा’हरु भन्दै तस्वीरहरु सेयर गरिरहेका छन् ।

जसका कारण आम मानिसको राजनीतिप्रतिको धारणा नकारात्मक बनेको छ भने नेतामाथि व्यंग गरिएको छ ।  त्यस्ता केही तस्वीर हामी यहाँ प्रस्तुत गर्दै छौं ।

भरखर निर्माण गरिएको जस्तो देखिने खुल्ला स्थानमा केही मानिसहरु लामबद्ध भएर उभिएका छन् । उनीहरु सबैको गलामा माला छ । यस हिसाबमा उनीहरु कार्यक्रमका अतिथि हुन् । लाइनै उभिएका मानिसहरुको बीचमा एउटा अग्लो टेबुल राखिएको छ । उक्त टेबलमा एक जना मानिस सलामी दिइरहेका छन् । उनका पछाडी केही मानिसहरु उनको सलामीलाई हेरिरहेका छन् ।

‘…लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो उनलाई सलामी दिनका लागि टेबुलमा चढाउन लागाउने को हो ? र त्यहाँ चढ्दिन तलै बस्छु भन्न उनले किन सकेनन् । के साच्चिकै उनमा ‘छोटे राजा’ बन्ने सोच पलाएको हो त ? सामाजिक सञ्जालहरुमा प्रश्न गरिएका छन् ।

त्यही तस्वीरलाई सम्पादन गरेर केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बासको टुप्पाबाट सलामी दिइरहेको तस्वीर सेयर गरिरहेका छन् ।

को हुन् उनी ?

सामाजिक सञ्जालमा सलामीका धेरै तस्वीरहरु भाइरल बनेका छन् जहाँ रातो पिर्कामाथि भएपनि रातो टालोले बेरिएको छ । तर उनी त्यसको सट्टा अरुभन्दा ठूलो बन्नका लागि टेबुल माथि चढेका छन् । उनीहुन् धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपाल ।
त्यस्तै केही दिन अघि अर्को एउटा फोटो पनि भाइरल भएको थियो जहाँ एक जना जनप्रतिनिधि सलामी गरिरहेका थिए ।

विद्यार्थीहरुलाई मार्च पास गर्न लगाएर उनीपनि सलामी गरिरहेका थिए । पिर्कामाथि रातो कपडा राखिएको स्थानमा उभिएर उनले सलामी दिइरहेका थिए । यसरी सलामी दिने व्यक्ति हुन् ओलखढुंगाबाट प्रदेशसभा कमा विजयी सांसद अम्बिरबाबु गुरुङ । उनी नेकपाका सांसद हुन् ।

त्यस्तै केही दिन अघिमात्र अर्को यस्तै तस्वीर भाइर हुन पुगेको थियो । जहाँ सोही जिल्लाकै ख प्रदेशका सांसद मोहनकुमार खड्का सलामी लिइरहेका देखिएका थिए ।

उनीपनि पछाडि खादा लगाएर लाइनै उभिएका अतिथिभन्दा केही अगाडि रातो कपडा ओछ्याएको पिर्कामाथि चढेका छन् ।

त्यस्तै सामाजिक सञ्जालहरुमा अर्को एउटा तस्वीर पनि भाइरल भइरहेको छ । प्रदेश नम्बर १ स्तरिय तेक्वान्दो तथा कबड्डी पुरुष प्रतियोगीमा पुगेका एक जना अतिथि पिर्कामाथि उभिएर सलामी दिइरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा फोटो पनि यही मेसोमा सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले सेयर गरिरहेका छन् ।

कुनै मन्दिरजस्तो देखिने स्थानको अगाडि राष्ट्रपति भण्डारी पीच सडकको बीचमा रातो कपडा ओच्छ्याएको स्थानमा उभिएको देखिएकी छिन् ।

त्यस्तै गरि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा ओछ्याइएको रातो कार्पेट मा हिँडिरहेका छन् । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पनि पिर्कामाथि चढेको सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

त्यस्तै केही समयअघिको एउटा तस्वीर पनि सामाजिक सञ्जालहरुमा सेयर भइरहेको छ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी रातो कार्पेटमाथि उभिएका छन् र उनलाई पाँच जना प्रहरीले सलामी दिइरहेका छन् ।

यी सबै तस्वीरहरु हजारौंको संख्यामा शेयर भइरहेका छन् भने मानिस नेताप्रति आक्रोशित बनेका छन् ।

पिर्के सलामीको सफतापछि टेबुले सलामी भन्दै फोटोहरु सेयर हुँदै गर्दा सबै नेतालाई राजा हुँद भन्ने सोच पलाएको र यस्तो शासन व्यवस्था स्वीकार्न नसकिने वहस सामाजिक सञ्जालहरुमा भइरहेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १ : ११ बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको