ढाका- बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् ।
दुर्घटनाग्रस्त रेल सिलेट शहरबाट राजधानी ढाकाका लागि प्रस्थान गरेको थियो । स्थानीय समयानुसार आइतबार राति लिकबाट बाहिरिएपछि रेल दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।
पछिल्लो केही दिन यता सिलेट र ढाका जोड्ने प्रमुख पुल भत्केपछि रेलमा यात्रुको चाप बढि हुने गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । रेल दुर्घटना भएपछि छानबिनका लागि समितिसमेत गठन गरिएको जनाइएको छ ।
प्रतिक्रिया