मेस्सीले भने कोपामा एक अर्को शुरुवात « Khabarhub

मेस्सीले भने कोपामा एक अर्को शुरुवात


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिकामा लगातार कमजोर प्रदर्शन पस्किरहेको अर्जेन्टिनाले सोमबार बिहान एसियाली मुलुक कतारलाई पराजित गर्दै क्वार्टरफाइनल यात्रा लय गर्‍यो ।

कोपाको समूह बी मा रहेको अर्जेन्टिनाले कतारलाई हराउँदै कोपाको क्वार्टरफाइनल प्रवेश गरेसँगै स्टार खेलाडी लियोनल मेस्सीले अर्को शुरुवात भनेका छन् । कोलम्बियासँग २–० ले पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेसँग १–१ बराबरी खेलेको थियो । तर, समूह चरणको अन्तिम खेल जीत्नै पर्ने दबाबकाबीच अर्जेन्टिना विजयी भयो ।

जसका लागि लाउटेरो मार्टिनेज र सर्जियो अग्युरोले गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । मेस्सीले खेलपछि दी नेसनलसँग बोल्दै जीतसँगै कोपामा नयाँ शुरुवात भएको बताएका छन् । कोपाको उपाधि दाबेदार टोलीका रुपमा हेरिएको अर्जेन्टिनाले राम्रो सुरुवात गर्ने बताएको छ । ‘हामीले राम्रो खेल खेल्यौं र जीत्यौ,’ कप्तान मेस्सीले भने,‘हामी आत्मविश्वास सहितको यस्तै खेल चहान्थ्यौं ।

हामीले जति धेरै खेल खेल्छौं त्यति नै खेलहरु पनि राम्रो हुँदै जान्छन् । कोपामा रहनका लागि महत्वपूर्ण कुरा भनेको जीत हो । यसले हामीलाई बुस्ट गरेको छ । जसले हामीलाई एक अर्को कोपा शुरु भएजस्तै लागिरहेको छ ।’

कतारविरुद्धको खेलमा उनका लागि महत्वपूर्ण यसका कारण पनि थियो कि जुन २४ गते अर्थात आजकै दिन उनले ३२ औं वसन्त पार गरेका छन् । ‘यो जितले हाम्रो टिमलाई बलियो बनाएको छ,’ मेस्सीले भने ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : ३५ बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा