मकालुका विस्थापित परिवारलाई राहत सामग्री « Khabarhub

मकालुका विस्थापित परिवारलाई राहत सामग्री


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी- संखुवासभाको मकालु गाउँपालिकाको पेपुवाका बाढीपहिरो विस्थापितका लागि राहत सामग्री ढुवानी गरिएको छ । तुम्लिङ्टार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरिएको हो ।

आइतबार प्रतिकूल मौसमका कारण राहत सामग्री ल्याउन सकिको थिएन । मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईका अनुसार गाउँपालिकाले ११७ बोरा चामल, १२ बोरा दाल, १ सय किलो नुन र ७२ थान त्रिपाल खरीद गरेको थियो ।

पहिरोबाट मकालु–५, पेपुवाका चार गाउँका २९ परिवार विस्थापित भएका छन् । २२ घर उच्च जोखिममा रहेको राईले बताए । विस्थापित २९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । ती परिवारका वृद्धवृद्धा र बालबालिकालाई हेलिकप्टरबाट गाउँपालिकाको केन्द्रमा ल्याइएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : २७ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने