राजनीतिको ‘स्केलेटन’मा विज्ञताको ‘मांसपेशी’ भर्ने काम गरौंः उपप्रधानमन्त्री « Khabarhub

राजनीतिको ‘स्केलेटन’मा विज्ञताको ‘मांसपेशी’ भर्ने काम गरौंः उपप्रधानमन्त्री


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिलाई सही आकार दिने विषयमा विज्ञहरुबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन् ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औ बार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले साहित्यले पनि राजनीतिलाई सघाउनुपर्ने बताए । उनले राजनीतिको अस्थिपञ्जरमा मांसपेसी टाँसिए जसरी साहित्य क्षेत्रका विज्ञहरुले सघाउनुपर्ने आवश्यकता औल्याए ।

उनले भने, “सही राजनीतिको स्केलेटनमा आवश्यकता अनुसार विज्ञताको मांसपेशी भरेर सम्मृद्धिको सुन्दर तस्वीर बनाउनु जरुरी छ । यो काममा राजनीति क्षेत्रका विज्ञता राख्नुहुने प्राज्ञ व्यक्तित्वहरु सबैले एकताबद्ध भएर यो अभियानमा लाग्नु जरुरी छ ।”

कार्यक्रममा प्रतिष्ठानमा २५ बर्ष कार्यरत कर्मचारीहरुलाई २५ हजार नगद रुपैयाँ सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ०५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका