राजनीतिको ‘स्केलेटन’मा विज्ञताको 'मांसपेशी' भर्ने काम गरौंः उपप्रधानमन्त्री | Khabarhub Khabarhub

राजनीतिको ‘स्केलेटन’मा विज्ञताको ‘मांसपेशी’ भर्ने काम गरौंः उपप्रधानमन्त्री


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिलाई सही आकार दिने विषयमा विज्ञहरुबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन् ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औ बार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले साहित्यले पनि राजनीतिलाई सघाउनुपर्ने बताए । उनले राजनीतिको अस्थिपञ्जरमा मांसपेसी टाँसिए जसरी साहित्य क्षेत्रका विज्ञहरुले सघाउनुपर्ने आवश्यकता औल्याए ।

उनले भने, “सही राजनीतिको स्केलेटनमा आवश्यकता अनुसार विज्ञताको मांसपेशी भरेर सम्मृद्धिको सुन्दर तस्वीर बनाउनु जरुरी छ । यो काममा राजनीति क्षेत्रका विज्ञता राख्नुहुने प्राज्ञ व्यक्तित्वहरु सबैले एकताबद्ध भएर यो अभियानमा लाग्नु जरुरी छ ।”

कार्यक्रममा प्रतिष्ठानमा २५ बर्ष कार्यरत कर्मचारीहरुलाई २५ हजार नगद रुपैयाँ सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ०५ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग