स्वाभिमानी कांग्रेसको खडेरी भन्दै नेता सिटौलाद्वारा नेतृत्वप्रति असन्तुष्टि « Khabarhub

स्वाभिमानी कांग्रेसको खडेरी भन्दै नेता सिटौलाद्वारा नेतृत्वप्रति असन्तुष्टि


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वाभिमानी कांग्रेस खाज्ने बेला आएको भन्दै नेतृत्वप्रति तीब्र असन्तष्टि जाहेर गरेका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिटौलाले कांग्रेसभित्र वेथिति, सैद्धान्तिक विचलन आएको भन्दै कार्यकर्ता भित्र कांग्रेसी स्वाभिमान खोज्नुपर्ने बेला आएको बताएका हुन् ।

बीपीको सिद्धान्त सम्झेर मात्रै नहुने भन्दै उनले व्यवहारमा देखाउन नेतृत्वको ध्यानाकर्षण गराए । नेतृत्वको इच्छाशक्ति भए कांग्रेस एकता सम्भव रहेको उल्लेख गर्दै मुखले भन्दैमा मात्रै एकता नहुने उनले बताए ।

उनले भने, “एक हौ भनेर एक होइँदैन । हात उठाएर एक भइँदैन । एउटै थालमा भात खाएर एक होइँदैन । विचारमा एकता, नीतिमा एकता, संगठनमा एकता, मुल्य मान्यतामा एकता, संस्कारमा एकता, मुल्यांकनमा एकता हुनुपर्छ । विचार पद्धतिमा नहिडी मनपरी गरेर अनि मिलेर खाउँ है भनेर एकता हुँदैन ।”

सरकारले आफूलाई कम्युनिष्ट पार्टी र कम्युनिष्ट कार्यकर्ताको सेवक ठान्ने र विप्लब समुहमाथिको मुर्खतापूर्ण कारबाहीका कारण मुलुकको राजनीतिक परिवेश दुर्घटना उन्मुख भएको टिप्पणी गरे ।

यस्तो अवस्थामा मुलुक र मुलुकबासीको रक्षाका लागि सशक्त प्रतिपक्षीको रुपमा कांंग्रेसले सरकारलाई दबाब दिन सक्नुपर्ने बताए । उनले मुलुकलाई सम्भावित खतराबाट बचाउन कांग्रेस चनाखो भएर उभिनुपर्ने आवश्यकता औल्याए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ४६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ