अन्तिम संस्कारका लागि आर्यघाट पुर्‍याइएकी महिला बोल्न थालेपछि… « Khabarhub

अन्तिम संस्कारका लागि आर्यघाट पुर्‍याइएकी महिला बोल्न थालेपछि…


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाल्पा– समाजमा बेलाबखत अनौठा र अपत्यारिला घटना सार्वजनिक भएको छ । एक महिलाको मृत्यु भएको ठानेर स्थानीयले अन्तिम संस्कारका लागि घाटमा लगेका थिए।

हिन्दु परम्परा अनुसार घाटमा अन्तिम संस्कार गर्नु अघि नदिमा डुवाउने र नुहाइदिने धार्मीक प्रचलन छ । सोही क्रममा ति महिला बोल्न कराउन थालेपछि उनको पुनः उपचार थालिएको छ ।

झाडापखालाको विरामी भएर अस्पताल भर्ना गरिएकी ति महिलामा मुटुको पनि समस्या देखिएको थियो । पाल्पा रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीलाई १० दिन सम्म उपचार गर्दा निको नभएपछि आफन्तले नै अस्पतालबाट घर लगेका थिए ।

तानसेनकै युनाइटेड मिशन अस्पतालवाट १० दिनसम्म उपचार पछि आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो । अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको ठानेर आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्‍याएका थिए ।

आधा शरीर पानीमा डुबाएको केही समयपछि उनी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए ।

त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ । झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटुको समस्या देखिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : १४ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले