तयारी नपुगेर स्थगित नेकपा सचिवालय बैठक भोलि बस्ने « Khabarhub

तयारी नपुगेर स्थगित नेकपा सचिवालय बैठक भोलि बस्ने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेताहरुको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल गर्न भोलि (बिहीबार) नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बोलाइएको छ ।

मंगलबारका लागि बोलाइएको बैठक आन्तरिक तयारी नपुगेको, गृहकार्य बाँकी रहेको भन्दै स्थगित गरिएको थियो । आइतबार बसेको बैठकले एकता प्रक्रिया टुंगो लगाएको थियो । कार्यविभाजनलाई अन्तिम रुपम दिन मंगलबारका लागि बोलाइएको बैठक भने गृहकार्य नपुगेका कारण स्थगित गर्नुपरेको नेकपाको सचिवालयले जनाएको छ ।

बिहीबार बस्ने बैठकले विभिन्न ३२ वटा विभाग, तीन आयोग र एक सल्लाहकार समितिको जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूची तय भएको छ । बिहीबारको बैठकमा गम्भीर रुपमा छलफल हुने बताउँदै नेकपाका प्रवक्ता नेता नारायण काजी श्रेष्ठले बाहिर चर्चा भएजस्तो जिम्मेवारीका विषयमा आधिकारिक निर्णय हुन बाँकी रहेको बताए ।

उनले भने, ‘करिबकरिब एकता प्रक्रियाका सबै कुरा टुंगोमा पुगिसकेका छन् । जिम्मेवारी पनि अन्तिमअन्तिम तिर पुगेको छ । भोलिको बैठकबाट आवश्यक निर्णय लिइन्छ । जिम्मेवारी बाँडफाँडका विषयमा भने बाहिर चलेको हल्ला जस्तो अवस्था छैन । भोलिको निर्णय नै अन्तिम हुनेछ ।’

नेताहरुको जिम्मेवारी बाँडफाँडका विषयमा अहिले पनि आन्तरिक गृहकार्यमा छन् । अनौपचारिक रुपमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा छलफल जारी रहेको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : १६ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी