प्रस्तुती दिँदादिँदै मन्चमा ढलेका उनको ज्यान गयो, दर्शकले अभिनय भन्दै ताली बजाइरहे... | Khabarhub Khabarhub

प्रस्तुती दिँदादिँदै मन्चमा ढलेका उनको ज्यान गयो, दर्शकले अभिनय भन्दै ताली बजाइरहे…


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अबुधावीमा जन्मिएका भारतीय मूलका एक स्ट्यान्डअफ कमेडियनले आफ्नो अन्तिम श्वास प्रस्तुती दिँदा दिँदै फेरेका छन् ।

दुवाइको एक मन्चमा प्रस्तुति दिंइरहँदा ३६ वर्षीय मन्जुनाथ नायडुको अपत्यारिलो तबरले ज्यान गयो । उनले शोमा स्ट्यान्डअप कमेडी गरिरहेका थिए, दर्शक खचाखच भरिएका थिए ।

त्यसै क्रममा उनले आफ्नो प्रस्तुती दिँदा दिँदै मञ्चमै ढले । उनको प्रस्तुतीले बनाएको माहोलमा दर्शक रमाउँदै गडगडाहट ताली बजाइरहेका थिए । उनी ढलेको देख्दा अभिनय भन्ठानेर दर्शकको ताली रोकिएको थिएन तर मन्चमा भने उनको श्वास रोकिएको थियो । उनले संसार छाडिसकेका थिए ।

खलीज टाइम्सका अनुसार मञ्जुनाथ नायडूलाई शोका क्रममा ह‌ृद्यघात भयो र सो कारणले उनको प्राण त्यागेका थिए । पहिला उनले आफूलाई बेचैन भएको भएको बताएका थिए र उनी बेन्चमा बसे ।

त्यसपछि उनी मञ्चमा लडे । त्यहाँ बसेका दर्शकलाई लाग्यो कि यो पनि कमेडीको एउटा पाटोको होला । तर, उनी हृदयघातका कारण मन्चमै लडेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ३० बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन