एउटा होटल जहाँ सोधिन्छ तपाईं फ्रान्समा सुत्नुहुन्छ कि स्वीटजरल्याण्डमा ? | Khabarhub Khabarhub

एउटा होटल जहाँ सोधिन्छ तपाईं फ्रान्समा सुत्नुहुन्छ कि स्वीटजरल्याण्डमा ?


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सीमाका कारण धेरै देशबीचको सम्बन्ध सुमधुर हुँदैन । तर स्वीटजरल्याण्ड र फ्रान्सले सीमा क्षेत्रको सदुपयोग गरेर विश्व समूदायलाई गज्जब उदाहरण दिएका छन् ।

दुवै देशको सीमा क्षेत्रमा एउटा २ तारे होटल स्थापना गरिएको छ । झण्डै १५० वर्ष अघि स्थापना भएको यो होटलले दुवै देशबीचको घनिष्टतालाई अझ मजबुद बनाएको छ ।

होटलको नाम हो, अरबेज फ्रेन्को स्विस होटेल । यो होटलको एक तिहाई भाग स्वीटजरल्याण्डमा पर्छ भने दुई तिहाइ भाग फ्रान्समा पर्छ । ला क्योर नामक गाउँमा अवस्थित यो होटेलमा बास बस्न जाने पाहुनालाई शुरुमै सोधिन्छ तपाइँ फ्रान्समा सुत्नुहुन्छ की स्वीटजरल्याण्डमा ?

यो होटलका सबै कोठाहरु दुई भागमा बाँडिएका छन् । होटलका हरेक कोठामा यस्तो प्रकारले डबल बेड सेट गरिएको छ, बेडको आधा हिस्सा स्वीटजरल्याण्डमा पर्छ भने आधा हिस्सा फ्रान्समा । अर्थात् एउटै कोठाभित्र सुतेका पाहुनामध्ये पनि एकजना फ्रान्समा तथा अर्को स्विजरल्याण्डमा सुत्न पाउँछ ।

फ्रान्स र स्विजरल्याण्डमा पर्ने बेडका लागि विछ्यौना र तकिया पनि फरक फरक हालिएको हुन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ३७ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।