एउटा होटल जहाँ सोधिन्छ तपाईं फ्रान्समा सुत्नुहुन्छ कि स्वीटजरल्याण्डमा ? « Khabarhub

एउटा होटल जहाँ सोधिन्छ तपाईं फ्रान्समा सुत्नुहुन्छ कि स्वीटजरल्याण्डमा ?


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सीमाका कारण धेरै देशबीचको सम्बन्ध सुमधुर हुँदैन । तर स्वीटजरल्याण्ड र फ्रान्सले सीमा क्षेत्रको सदुपयोग गरेर विश्व समूदायलाई गज्जब उदाहरण दिएका छन् ।

दुवै देशको सीमा क्षेत्रमा एउटा २ तारे होटल स्थापना गरिएको छ । झण्डै १५० वर्ष अघि स्थापना भएको यो होटलले दुवै देशबीचको घनिष्टतालाई अझ मजबुद बनाएको छ ।

होटलको नाम हो, अरबेज फ्रेन्को स्विस होटेल । यो होटलको एक तिहाई भाग स्वीटजरल्याण्डमा पर्छ भने दुई तिहाइ भाग फ्रान्समा पर्छ । ला क्योर नामक गाउँमा अवस्थित यो होटेलमा बास बस्न जाने पाहुनालाई शुरुमै सोधिन्छ तपाइँ फ्रान्समा सुत्नुहुन्छ की स्वीटजरल्याण्डमा ?

यो होटलका सबै कोठाहरु दुई भागमा बाँडिएका छन् । होटलका हरेक कोठामा यस्तो प्रकारले डबल बेड सेट गरिएको छ, बेडको आधा हिस्सा स्वीटजरल्याण्डमा पर्छ भने आधा हिस्सा फ्रान्समा । अर्थात् एउटै कोठाभित्र सुतेका पाहुनामध्ये पनि एकजना फ्रान्समा तथा अर्को स्विजरल्याण्डमा सुत्न पाउँछ ।

फ्रान्स र स्विजरल्याण्डमा पर्ने बेडका लागि विछ्यौना र तकिया पनि फरक फरक हालिएको हुन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ३७ बजे

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय