नाटक देखाउन जर्मनी गएका तीन कलाकार उतै भागे « Khabarhub

नाटक देखाउन जर्मनी गएका तीन कलाकार उतै भागे


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाटक देखाउन भन्दै जर्मनी पुगेका नेपाली कलाकार उतै भागेका छन्। पोखराको युथ क्रिएसन थिएटरका तीन जना कलाकार उतै भागेका हुन् ।

सँगै गएका अरु कलाकार फर्किए पनि तीन जना भने उत्तै भागेको थिएटरका सचिव सौगात पोखरेलले पुष्टि गरे । उनले भने, ‘जर्मन उड्ने बेला ती कलाकारसँग ६ देखि ११ दिनसम्मको भिषा थियो। दुई शो प्रस्तुती थियो । एउटा शो केही कलाकारले गरिरहेका बेला उनीहरु भने आफ्नो सामान होटेलमै छोडेर भागेछन् ।’

उनले भने, ‘जे गरे बेठीक गरे। संस्थाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर लगेका थियौं। अब नियतै खराब भएपछि के लाग्छ र ? हामीमाथि विश्वासघात गरेर तनाव दिए ।’

कलाकार हराएपछि खोजीका लागि थिएटरले जर्मनस्थित प्रहरी र जर्मनका लागि नेपाली राजदूतावासमा उजुरी दिएको उनले बताए । उनीहरु उत्तै लुकेपछि फर्किएका कलाकारहरले बदनाम भयो भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

वर्षेनी हुने ‘अन्तर्राष्ट्रिय लोकसाहित्य महोत्सव’का लागि कलाकारको टोली जर्मनी पुगेको थियो । गत असार १८ मा १२ कलाकार जर्मनी हिँडेका थिए। तर फर्किनेबेलामा ३ जना त्यहीँबाट फरार भए ।

पोखराबाट थिएटरका अध्यक्ष तथा निर्देशक कपिल शर्मा, सचिव सौगात पोखरेल, नाटकका लेखक केदार पौडेल, कलाकारहरु सम्झना अधिकारी शर्मा, संरचना पौडेल, मधुसूदन पौडेल, विमल पौडेल, शर्मिला बस्नेत, लक्ष्मण डुम्रे, रामहरि अधिकारीका साथमा काठमाडौंबाट सरोज अर्याल, सन्दीप डंगोल टोलीमा थिए।

तर, नाटक टोलीका तीन जना मधुसूदन पौडेल, संरचना पौडेल र शर्मिला बस्नेत जर्मनीमै भागेका थिए । यसरी कार्यक्रम लिएर विदेश जाने र उत्तै भाग्ने घटना यो नौलो होइन, अमेरिका, युरोपतिर भागेर बसेका कलाकारको संख्या धेरै छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ५८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर