नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा नलेख्न ईश्वर पोखरेलको निर्देशन « Khabarhub

नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा नलेख्न ईश्वर पोखरेलको निर्देशन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा नपोखिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न धरान पुगेका उनले पार्टीले देशको समग्र पाटोलाई परिवर्तन गर्ने भन्दै साना तिना कमिकमजोरीमा फेसबुकलगायतका सामाजिक सञ्जालमा पोखिनुपर्ने अवस्था नरहेको बताए ।

पार्टी एकीकरणको प्रक्रिया र नेतृत्वले गर्न नसकेको कामको बारेमा सामाजिक सञ्जालमा टिक्का टिप्पणी गर्ने कार्यकर्ता प्रति निक्कै रुष्ट देखिएका पोखरेलले पार्टीमा निरन्तर अपडेट नहुने कार्यकर्ता आउट हुने चेतावनी दिए ।

नेकपाका केन्द्रिय सदस्य तथा सुनसरीका इन्चार्ज धर्म निरौलाको नाम नै तोकेर सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जालमा पोखिने भावनाले आफैंलाई घाटा गर्ने भन्दै आलोचना गरे ।

उनले आम जनता र दुवै पार्टीका कार्यकर्ताको भावना अनुसार नै पार्टी एकता गरिएको बताए । अब चाँडै नै एकता प्रक्रियाले पूर्णता पाउने र सबैले जिम्मेवारी पाउने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ०९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट