कांग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान « Khabarhub

कांग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली कांग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली कांग्रेसभित्रै निष्ठावान कांग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ ।

अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा.डा. भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन दिनानुदिन कमजोर बन्दै गएको बताए। नेपालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनादेखि दोस्रो लोकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्रसम्म आइपुग्दा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उनले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि पार्टी मजबुत बन्नुपर्ने बताए ।

गुट–उपगुटले कांग्रेसलाई कमजोर बनाउने र त्यसको प्रत्यक्ष असर राष्ट्र र लोकतन्त्रमाथि पर्ने भएकाले देशव्यापीरूपमा नै नेपाली काङ्गेसभित्रै निष्ठावान कांग्रेसको खोजी अभियानलाई सक्रिय बनाइने जानकारी दिए । ‘यो अभियानको उद्देश्य कांग्रेसको गरिमामय योगदानलाई जीवन्त राख्दै पार्टीलाई आफ्नो मूल्य मान्यताअनुरुप क्रियाशील गराउनका लागि हो, कुनै पदप्राप्ति वा अन्य स्वार्थमा आधारित भई गरिएको होइन’, नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय सभापतिसमेत रहेका ढकालले भने, ‘अनुशासित र क्रियाशील कांग्रेस राष्ट्रका लागि आवश्यक छ ।’

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ०७ बजे

चुनावी अभियान लिएर चैनपुर पुगे कुलमान : मतदाताका समस्या सुन्दै उम्मेदवार घनश्याम राई

चैनपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी प्रचारप्रसारका

फागुपर्व सुरु, बसन्तपुरमा चीर ठड्याइयो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । मङ्गलबार बिहान

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी

उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवा र वृद्धको

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी– यही फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि भर्ना