'साहो' का कारण पछाडि धकेलिएको ‘हजार जुनीसम्म’ पहिलेकै मितिमा रिलिज हुने | Khabarhub Khabarhub

‘साहो’ का कारण पछाडि धकेलिएको ‘हजार जुनीसम्म’ पहिलेकै मितिमा रिलिज हुने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाहुबली स्टारर प्रभासले अभिनय गरेको फिल्म ‘साहो’ का कारण एक हप्ता पछि धकेलिएको फिल्म ‘हजार जुनीसम्म’ को प्रदर्शन पुरानै मितिमा हुने भएको छ ।

‘साहो’को रिलिज मिति १५ दिन पछाडि धकेलिएपछि नेपाली चलचित्र ‘हजार जुनीसम्म’ पहिले नै घोषणा गरेको मितिमा आउने भएको हो ।

अब यो फिल्म साउन ३० गते नै प्रदर्शन हुने भएको छ । पहिले निर्माण टिमले सम्पादनको काम नसकिएको भन्दै भदौ १३ लाई रिलिज मिति तोकेको थियो । यो मितिमा नेपाली फिल्म ‘कबड्डी ३’ र ‘मारुनी’ पनि रिलिज हुँदैछन् ।

मंगलबार सार्वजनिक गरिएका पोस्टरमा रिलिज मिति साउन ३० गते तोकिएको छ ।

फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अखिलेश प्रधान, अनुभव रेग्मी, संचिता लुइँटेल लगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ५० बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना