कप्तान मल्लको आक्रामक ब्याटिङमा नेपालको सहज जीत, मलेसिया ७ विकेटले पराजित « Khabarhub

कप्तान मल्लको आक्रामक ब्याटिङमा नेपालको सहज जीत, मलेसिया ७ विकेटले पराजित


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङ प्रेरित नेपाली क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ ।

सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका लागि ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै मलेसिया ७ विकेटले पराजित गर्न सफल भयो ।

नियमित कप्तान पारस खड्का ढाडमा समस्याका कारण मैदान बाहिर रहँदा कप्तानी पाएका मल्लले विष्फोटक ब्याटिङ गर्दै ५१ रन बनाए । उ

नले २१ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, प्रदिप ऐरीले १२ रन बनाए भने विनोद भण्डारीले अविजित १२ रन बनाउँदै नेपाललाई जित दिलाए ।

नेपालविरुद्ध मलेसियाका मोहमद सहादले ३ विकेट लिए । यसअघि मलेसियन टोलीले जीतका लागि नेपाली टोलीलाई ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउन्डमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ९ ओभर पुरा खेल्दै ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाले खेल प्रभावित भएपछि खेल ९ ओभरमा झारिएको थियो ।

मलेसियाका ब्याट्सम्यानले आक्रामक खेल्दै नेपालविरुद्ध ८३ रन बनाए । मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन बनाएका थिए । उनले १५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

मलेसियालाई ८३ रनमा रोक्न नेपालका सोमपाल कामीले ३ विकेट लिए भने उनी सबैभन्दा महंगा पनि भए । उनले २ ओभर बलिङ गर्दै २३ रन खर्चिएर ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, करण केसीले समान १–१ विकेट लिए । यो जीतसँगै नेपालले प्रतियोगितामा २ अंक जोडेको छ । पराजित मलेसियाको पनि अंक २ नै छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ५७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन