वैदेशिक रोजगारीमा युएई गएकामध्ये १ वर्षमा ९८ नेपालीको मृत्यु « Khabarhub

वैदेशिक रोजगारीमा युएई गएकामध्ये १ वर्षमा ९८ नेपालीको मृत्यु


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (यूएई) गएका ९८ जना नेपालीको ज्यान गएको युएईस्थीत नेपाली दूतावासले जानकारी दिएको छ ।

रोजगारीका लागि युएई गएकामध्ये गत आर्थिक वर्षमा ९३ जना पुरुष र ५ जना महिलाले  ज्यान गुमाएको दूतावासले जनाएको छ । दूतावासका अनुसार धेरैको प्राकृतिक मृत्यु भएको छ ।

प्राकृतिक कारणले ४८ जना पुरुषको मृत्यु भएको दूतावासको तंथ्याकमा छ । प्राकृतिकपछि हृदयघात, मष्तिस्क पक्षघात तथा अन्य कारणले मृत्यु भएको दूतावासले जनाएको छ । गत आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेको दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

सवारी र सडक दुर्घटनामा परेर २ जना महिला र २१ पुरुषको मृत्यु भएको दूतावासले जनाएको छ । गत आर्थिक वर्षमा  १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ । उनीहरुको हत्यामा नेपालीकै संलग्नता रहेको भएको प्रारम्भिक अनुसन्धानले खुलेको दूतावासले जानएको छ ।

दूतावासले मुत्यु हुने नेपालीको शव नेपाल फर्काउन र अन्य प्रत्रियाका लागि सहयोग गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ११ : ४४ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : के-के गरिँदैछ ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६