सशस्त्र प्रहरी बल र अमेरिकी सैनिकबीच प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान « Khabarhub

सशस्त्र प्रहरी बल र अमेरिकी सैनिकबीच प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल र अमेरिकी सेनाले प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदान प्रदान गरेका छन् ।

काठमाडौंको चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रशिक्षणमा दुई देशका सुरक्षाकर्मीले प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदान प्रदान गरेका हुन् ।

भेलामा दुवै देशका गरेर करिब १८ जना सुरक्षाकर्मी सहभागी भएका नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सशस्त्र प्रहरी बल र अमेरिकी सैनिकबीच यसअघि पनि विपद् व्यवस्थापनका सन्भर्दमा संयुक्त ज्ञान आदान प्रदान भएको थियो ।

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा आयोजित अभ्यासमा दुर्घटनाका घाइतेहरूको मूल्याङ्कन, च्यापिएर घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी नियम, विपद् दुर्घटनाको परिदृश्य, र गम्भीर घाइते बिरामीहरूको उपचारको वर्गीकरण लगायतका विषयमा दुई देशका सुरक्षाकर्मीबीच अनुभव आदानप्रदान भएको थियो ।


तस्वीर सौजन्य– नेपालस्थित अमेरिकी दूतावास

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ४२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा