सशस्त्र प्रहरी बल र अमेरिकी सैनिकबीच प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान | Khabarhub Khabarhub

सशस्त्र प्रहरी बल र अमेरिकी सैनिकबीच प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल र अमेरिकी सेनाले प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदान प्रदान गरेका छन् ।

काठमाडौंको चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रशिक्षणमा दुई देशका सुरक्षाकर्मीले प्राथमिक उपचारसम्बन्धी संयुक्त ज्ञान आदान प्रदान गरेका हुन् ।

भेलामा दुवै देशका गरेर करिब १८ जना सुरक्षाकर्मी सहभागी भएका नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सशस्त्र प्रहरी बल र अमेरिकी सैनिकबीच यसअघि पनि विपद् व्यवस्थापनका सन्भर्दमा संयुक्त ज्ञान आदान प्रदान भएको थियो ।

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा आयोजित अभ्यासमा दुर्घटनाका घाइतेहरूको मूल्याङ्कन, च्यापिएर घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी नियम, विपद् दुर्घटनाको परिदृश्य, र गम्भीर घाइते बिरामीहरूको उपचारको वर्गीकरण लगायतका विषयमा दुई देशका सुरक्षाकर्मीबीच अनुभव आदानप्रदान भएको थियो ।


तस्वीर सौजन्य– नेपालस्थित अमेरिकी दूतावास

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ४२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग