काठमाडौंमा दिउँसै लुटपाट, ३ ठाउँबाट झन्डै ४ लाखको धनमाल चोरी « Khabarhub

काठमाडौंमा दिउँसै लुटपाट, ३ ठाउँबाट झन्डै ४ लाखको धनमाल चोरी


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा गरी मंगलबार दिउँसो ३ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–३ पासीकोटमा डेरा गरी बस्ने कमला घिमिरेको कोठाबाट डेढ तोला बराबर सुनको गहना, १ थान मोबाइल र ७ हजार रुपैयाँ नगद गरी १ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यस्तै गोरखा घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ मा डेरा गरी बस्ने प्रमिला सुनारको कोठाबाट डेढ तोला बराबर सुनका गहना र नगद २३ हजार रुपैयाँ गरी १ लाख १३ हजार रुपैयाँ बराबरको चोरी भएको छ ।

मंगलबार दिउँसो नै काठमाडौंको मैतीदेवीबाट सुनका गहनासहित धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरकिा अनुसार काठमाडौंको ठहिटी घर भइ मैतीदेवीमा डेरा गरी बस्ने अविरल बज्राचार्यको कोठाबाट २ तोला बराबर सुनका गहना र १० हजार नगद गरी १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चौरी भएको छ ।

चोरीमा संलग्न व्यक्ति भने फरार छन् । प्रहरीले चोरीमा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ५३ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ