भारतबाट खसी बोका चोरी गर्ने ३ जना नेपाली पक्राउ « Khabarhub

भारतबाट खसी बोका चोरी गर्ने ३ जना नेपाली पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– भारतबाट खसी चोरेर नेपालमा बिक्री गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ घर भएका २८ वर्षीय भीमबहादुर घर्तीसहित ३ जना छन् । पक्राउ परेका घर्ती चोरीका खसी बोका ओसार्न प्रयोग भएकाे ट्रकका चालक हुन् ।

उनीहरु भारतबाट चोरी गरेर ना १ ख ५७२८ नम्बरको ट्रकमा खसी ल्याउँदै गरेको अवस्थामा बर्दियाको बाँसगढी नगरपालिका–७ बाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले भारतबाट ७२ वटा खसी बोका चोरी गरेर ट्रकमा हालेर नेपाल ल्याएका थिए ।

नेपालमा बिक्री गर्ने उद्देश्यले भारतबाट चोरी गरेर ल्याइएका खसी बोकासहित पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ३ : ०३ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल