बाढीपीडितलाई राहतको उचित व्यवस्था गर्न राजपाको माग | Khabarhub Khabarhub

बाढीपीडितलाई राहतको उचित व्यवस्था गर्न राजपाको माग


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा पेश गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ को समर्थन गर्दै राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले बाढी पीडितका लागि तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले तराईमा सधै आउने डुबानको समस्या समाधान गर्न पूर्व तयारी गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे । ‘अहिले पनि सरकारले झारा टार्ने काम गरिएको छ,’ संयोजक यादवको भनाई थियो, पीडितलाई राहत दिन सरकार गम्भिर बन्नुपर्‍यो ।’

संयोजक यादवले तराई, मधेशको डुवानबाट पीडित भएकाहरुलाई राहतका लागि सरकारलाई सहयोग गर्न जनप्रतिनिधिको रुपमा आफूहरु तयार रहेको पनि बताए ।

उनले पहाडमा वर्षेनी आउने पहिरो र तराईमा हुने डुबानको समस्या समाधान गर्न सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाए । उनले बाढी, पहिरो र डुबान पीडितलाई राहत विवरणका लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : १७ बजे

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर– भोजपुरका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ

राज्य व्यवस्थासहित शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक

जलवायु परिवर्तनको असरः पोर्चुगलमा ९४ वर्षयताकै सबैभन्दा धेरै गर्मी

पोर्चुगल – पोर्चुगलले सन् २०२५ मा ९४ वर्षयताकै सबैभन्दा बढी

देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्दैछ