कर्मचारी नेतालाई प्रधानमन्त्रीको ‘ढाडस’–ट्रेड युनियन खारेज हुँदैन « Khabarhub

कर्मचारी नेतालाई प्रधानमन्त्रीको ‘ढाडस’–ट्रेड युनियन खारेज हुँदैन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कर्मचारीहरुको ट्रेड युनियन सरकारले खारेज गर्न लागेको भन्ने भ्रम फैलाइएको बताए ।

बुधबार बिहान सरकाकारी निवास बालुवाटार पुगेका ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा योगदान गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासनले सहयोग गरेको छैन् भन्ने नभएको स्पष्ट पार्दै त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्ने आवश्यक्ता औल्याए ।

सरकारलाई दिमाग र कर्मचारीहरुलाई हातखुट्टाको रुपमा चित्रण गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीको सहयोगविना सरकार एक्लैले केही पनि गर्न नसक्ने बताए । प्रधानमन्त्री ओलीले कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने आश्वासन दिँदै आन्दोलनान जाने धम्की नदिन आग्रह गरे ।
प्रधानमन्त्रीसँगको भेटमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेकाले उनीहरुको समस्या तत्काल समाधान गरि दिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । त्यसैगरी उनले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीहरुको तहगत प्रणाली अनुसारको सेवा सुविधाका लागि आवश्यक बजेटको व्यवस्था गर्न ढिलाई नगर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।

प्रधानमन्त्री ओलीले कर्मचारीको मागका विषयमा पुनः छलफल गरेर आवश्यक निर्णय लिने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ३ : ०३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट