बाढीपीडित त थियौँ नै सदनको अन्यायले झन पीडित बनायो: सांसद साह | Khabarhub Khabarhub

बाढीपीडित त थियौँ नै सदनको अन्यायले झन पीडित बनायो: सांसद साह


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले बाढी पीडितलाई तत्काल राहत प्रदानगरी पुनर्स्थापना एवम् समस्याको दीर्घकालीन समाधानको माग गरेको छन् ।

पानी अझै पनि नरोकिएको भन्दै सांसद साहले पीडितको लागि अस्थायी आवास, खाद्यान्नको व्यवस्था अवरुद्ध सडक, विजुली, संचार, खानेपानी तत्काल सुचारु गर्न सरकारसँग माग गरे । माछापालन, कुखुरा पालन, इट्टाभट्टालगायत व्यवसायहरु नष्ट भइ अर्बौंको क्षति भएको उल्लेख गर्दै उनले बाढी तथा डुबानको दीर्घकालीन समाधान गर्न ध्यानाकर्षण गराए ।

बुधबार प्रतिनिधिसभा बैठकमा पेश गरिएको महत्वको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै सांसद साहले अविरल वर्षाका कारण आएको बाढी एवम डुबानमा परेका पीडितको राहत तथा पुनर्स्थापना गर्न माग गरे ।

तराईका मुख्य १० नदीहरुमा चुरिया क्षेत्र देखि भारतीय सीमासम्म मजबुत तटबन्ध निर्माण गरेर मुलुकलाई समृद्धिको बाटोमा लैजानुपर्नेमा उनको जोड छ । नदीको बढ्दो सतह तथा चुरिया क्षेत्रमा व्याप्त भूक्षय रोक्न तथा पानीको बहाव रोक्न र जग्गा अतिक्रमण बन्द गराउन सरकारसंग उनको माग छ।

आफूले दर्ता गराएको प्रस्तावमाथि छलफल नभएपछी आक्रोशित सांसद साहले भने, ‘अविरल वर्षाका कारण देश अस्तव्यस्त छ । सयौँले ज्यान गुमाएका छन भने हजारौं विस्थापित भएका छन र आवतजावतसहित सबै पूर्वाधार ठप्प भएको स्थितिमा हामीले जरुरी महत्वको प्रस्ताव दर्ता गर्यौँ । हामी बाढी प्रभावित क्षेत्रका सत्तापक्ष र प्रतिपक्ष सांसद मिलेर दर्ता गराएको प्रस्तावमाथि छलफल नहुने तर काठमाडौको महलमा एसीमा बसेर लेखिएको प्रस्तावमाथि छलफल हुने? जनताको प्रस्तावलाई नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्ष भनेर बाँडिदिएको छ । आज न्याय हारेको छ र नेपाली कांग्रेसको हठले जितेको छ।’

सांसद साहले प्रकृतिले बाढी पीडित बनाउँदा आफुहरुलाई सदनले पनि पीडित बनाएको गुनासो गरे । वास्तविक पीडितको प्रस्तावमाथि छलफल नचल्ने तर काठमाडौंबाट जानेहरुको प्रस्तावमा छलफल गर्ने निर्णय सदनले गर्नु दुखद् भएको उनको भनाइ थियो । पीडितको नाममा कांग्रेसले राजनीति गर्न खोजेको भन्दै सांसद सांसद साहले लोकतन्त्रको दुहाई दिने नेपाली कांग्रेसलाई पीडितको नाममा राजनीति नगर्न चेतावनी दिए ।

‘हामी पनि कुनै बेला प्रतिपक्षमा थियौं जुनबेला मुलुकमा महाभुकम्प आएको थियो । त्यतिबेला सबै स्ट्यान्ड छोडेर हामीले देशलाई प्राथमिकतामा राखेका थियौं’ सांसद साहले थपे ‘म कांग्रेसलाई भन्न चाहन्छु यस पीडाको स्थितिमा आफ्नी हठबाट हट्नुस, पीडितको पक्षमा आउनुस । पीडितमाथिको राजनीत बन्द गर्नुस् ।’

सांसद साहको प्रस्तावमा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह तथा समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाको समर्थन गर्दै बाढी पीडितलाई राहत तथा पुनर्स्थापनाको माग गर्दै साउन ३ गते जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराइएको थियो। पछि कांग्रेस सांसद सिंहले पार्टीको दबाबका कारण प्रस्तावको समर्थन फिर्ता लिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : ३६ बजे

कविता : चिहानबाट उठेकी नेतान्याहुकी आमा

शिशुहरूको चित्कारले निद्रा खुलेपछिवयस्कहरूको क्रन्दनले मुटु हल्लिएपछिकेही त सम्झाऊ छोरालाई

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

काठमाडौं– ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

काठमाडौंमा आइपुग्यो उड्ने कार,  नाडा अटो शोमा प्रदर्शन हुने 

काठमाडौं– उड्ने कार काठमाडौंमा आइपुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

भ्लाडिभोस्टोक– रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि

सहिदको बलिदान अमूल्य सम्पत्ति : मुख्यमन्त्री सिंह

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम