अस्ट्रेलियामा रमाउँदै प्रकृति, शेयर गर्छिन् यस्ता तस्वीर (तस्वीरहरु) | Khabarhub Khabarhub

अस्ट्रेलियामा रमाउँदै प्रकृति, शेयर गर्छिन् यस्ता तस्वीर (तस्वीरहरु)


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै जमानाकी हिट मोडल तथा नायिका प्रकृति श्रेष्ठ आजभोलि मोडलिङमा खासै सक्रिय छैनिन् । प्रकृति र पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘हेलो हनी बनी’ निकै चर्चित भयो । यो भिडियोले पल शाह र प्रकृति दुवैलाई खुबै चर्चित बनायो । यी दुईको जोडीलाई धेरैले रुचाए पनि ।

चलचित्र ‘होस्टेल’ मा अभिनय गरेर थप चर्चामा आएकी प्रकृतिले केही वर्षअघि गुपचुप बिहे गरिन् । उनले अस्ट्रेलिया बस्दै आएका सुदीप न्यौपानेसँग बिहे गरिन् । सुदीपसँग उनले प्रेम विवाह गरेकी थिइन् ।

पछिल्लो समय मिडिया र म्युजिक भिडियोमा खासै नदेखिएकी प्रकृति सामाजिक सञ्जालमा भने सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा अस्ट्रेलियाको समुद्री तटमा रमाएका तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । उनले आफ्ना पति सुदीप न्यौपानेसँगका तस्वीर पनि शेयर गरेकी हुन्छिन् ।

बेलाबेलामा नेपाल आउने प्रकृतिले त्यतिबेला भने नेपाली फिल्ममा काम गर्न मन रहेको बताउँदै आएकी छिन् ।

त्यसो त उनले चलचित्र ‘होस्टेल’ मा काम गर्दा निर्माता सुनील रावलले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् । पछि त्यो कुरा यत्तिकै सेलायो । मिडियामा खासै नदेखिए पनि प्रकृतिका फ्यानले सामाजिक सञ्जालमा भने उनलाई फलो गरेका छन् । सामाजिक सञ्जालमा प्रकृतिले शेयर गरेका केही तस्वीर हेरौँ:

 

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ५ : ५० बजे

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को