धितोपत्र बजारः नेप्से उकालो लाग्नेक्रम निरन्तर « Khabarhub

धितोपत्र बजारः नेप्से उकालो लाग्नेक्रम निरन्तर


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.९० अङ्कले बढेर एक हजार २८४.०७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ ले वृद्धि भई २७६.१३ मा पुगेको छ ।

परिसूचक बढे पनि कारोवार रकममा उत्साह देखिएन । आज कूल १७० कम्पनीका १३ लाख ४६ हजार ३३० कित्ता शेयर रु ४४ करोड ३४ लाख ८१ हजार ३९१ मा खरीद बिक्री भए । कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ ।

वित्त १ र उत्पादन २.३४ अङ्कले घट्दा बैंकिङ ६.२३, होटल ४०.३६, विकास बैंक ८.५, जलविद्युत् २.२८, निर्जीवन बीमा ६८.४४, अन्य ३.१६, लघुवित्त १४.९८, जीवन बीमा ८.२१ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढेको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ९९ लाख ४४ हजार ४८९ को कारोवार भयो । कृषि विकास बैंकको रु दुई करोड ६६ लाख ६९ हजार ३८४, प्रभु बैंकको रु दुई करोड ६० लाख ५९ हजार ५५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५९ लाख २४ हजार ७६१, एनआइसी एशिया बैंकको रु एक करोड ५२ लाख ४१ हजार ८७९ र नवील बैंकको रु एक करोड ४४ लाख ६४ हजार ८५ मा खरीद बिक्री भए ।

परिसूचक बढे पनि युनियन हाइड्रोपावर लिमिटेडका शेयरधनीले ५.०५, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७३, प्रोग्रेसिभ फाइनान्स लिमिटेड ३.५०, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३ र वेष्ट फाइनान्स कम्पनीका शेयरधनीले २.८८ प्रतिशतले गुमाए ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३, मिथिला लघुवित्त वित्तीय संस्था ८.५०, दिव्यश्वरी हाइड्रोपावर ७.८१, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.६९ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.६८ प्रतिशतले कमाए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : १७ बजे

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा