२ अर्बको सडक आयोजनामा रूखैरूख, कालोपत्रे गर्ने तयारी « Khabarhub

२ अर्बको सडक आयोजनामा रूखैरूख, कालोपत्रे गर्ने तयारी


१० माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी क्षेत्रआसपासका ग्रामीण बस्तीका सडक यही हालतमा कालोपत्रे हुँदै छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सडक विभाग र वन विभागबीच समन्वय नहुँदा अनौठो सडक बन्न थालेको हो । तर, सडक बनेपछि दुर्घटना बढ्ला भनेर स्थानीय चिन्तित छन् ।

सघन सहरीअन्तर्गत झन्डै दुई अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ ।

संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रमा २ सय ८४ वटा सानाठूला रूख छन् । यसरी औसतमा हरेक किलोमिटरमा सडकभित्र ७ रूख पर्छन् । धनगढीको रिङरोडअन्तर्गत पर्ने मनेहरा–जाखोरताल सडकमा मात्रै बीचमै दर्जनौँ रूख छन् ।

रिङरोडअन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिटी बिच्छ्याएर रोलिङको काम सकिएको छ । अन्य केही खण्डमा पनि कालोपत्रेको तयारी भइरहेको आयोजना कार्यान्वयन इकाइले जनएको छ ।

आयोजना कार्यान्वयन इकाइ प्रमुख सुरेशकुमार वाग्ले वन कार्यालयले रूख कटानको अनुमति नदिँदा रूखवरिपरिको केही ठाउँ छाडेर सडक कालोपत्रे गर्न लागिएको बताउँछन् । वातावरणीय प्रभाव मूल्यांकन गरी रूख कटान अनुमतिका लागि गत असारअघि नै वन मन्त्रालयमा फाइल पठाए पनि स्वीकृति नपाएको उनले बताए ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  ९ : ०० बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६