लागुऔषध सहित सात जना पक्राउ « Khabarhub

लागुऔषध सहित सात जना पक्राउ


१० माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर : मोरङ र उदयपुरबाट लागुऔषध सहित सात जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ बाट एक जना र उदयपुरको चौदण्डीगढी नगरपालिका–३ कालीखोला किनारबाट ६ जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

विराटनगरबाट पक्राउ पर्ने १८ वर्षीय पप्पु मेहता सुनसरीको इटहरी उपमहानगरपालिका–८ का बासिन्दा हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाका अनुसार मेहताको साथबाट लुपिजेसिक नौ एम्पुल, फेनारगन नौ एम्पुल, एभिल नौ एम्पुल, डाईजेल्याब नौ एम्पुल र नाइट्रोसन १० चक्की बरामद भएको छ ।

भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेहतालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उदयपुरको चौदण्डीगढीबा पक्राउ पर्ने ६ जनालाई भने खोला किनारमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा लागुऔषध भेटिएपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर बेलाका नगरपालिका–४ गुरुङचौरीका ३३ वर्षीय राजु कार्की, ३२ वर्षीय राजु राई, ३३ वर्षीय अर्जुन राई, २५ वर्षीय नवीन राई, चौडण्डीगढी–३ बसाहाका ३० वर्षीय मीनबहादुर मगर र सप्तरीको सप्तकोसी नगरपालिका–१ का ३६ वर्षीय मनोज मगर छन् ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  १० : ४९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस