लागुऔषध सहित सात जना पक्राउ « Khabarhub

लागुऔषध सहित सात जना पक्राउ


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर : मोरङ र उदयपुरबाट लागुऔषध सहित सात जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ बाट एक जना र उदयपुरको चौदण्डीगढी नगरपालिका–३ कालीखोला किनारबाट ६ जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

विराटनगरबाट पक्राउ पर्ने १८ वर्षीय पप्पु मेहता सुनसरीको इटहरी उपमहानगरपालिका–८ का बासिन्दा हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाका अनुसार मेहताको साथबाट लुपिजेसिक नौ एम्पुल, फेनारगन नौ एम्पुल, एभिल नौ एम्पुल, डाईजेल्याब नौ एम्पुल र नाइट्रोसन १० चक्की बरामद भएको छ ।

भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेहतालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उदयपुरको चौदण्डीगढीबा पक्राउ पर्ने ६ जनालाई भने खोला किनारमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा लागुऔषध भेटिएपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर बेलाका नगरपालिका–४ गुरुङचौरीका ३३ वर्षीय राजु कार्की, ३२ वर्षीय राजु राई, ३३ वर्षीय अर्जुन राई, २५ वर्षीय नवीन राई, चौडण्डीगढी–३ बसाहाका ३० वर्षीय मीनबहादुर मगर र सप्तरीको सप्तकोसी नगरपालिका–१ का ३६ वर्षीय मनोज मगर छन् ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  १० : ४९ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६